जसले दश परिवारलाई एक महिनाको घरभाडा छुट दिए
स्याङ्जाका एक घरबेटीले आफ्ना घरमा डेरा गरेर बस्ने परिवारलाई एक महिनाको घरभाडा छुट दिने भएका छन् । वालिङ नगरपालिका–१ रामबाच्छाका क्याप्टेन रुकबहादुर गुरुङले आफ्नो घरमा बस्ने दश परिवारका लागि चैत महिनाको भाडा छुट दिने घोषण गरेका हुन् ।
लकडाउनका कारण काम गरेर खाने समुदायमा समस्या बढ्दै गएकाले आफूले घर भाडा छुट दिने निर्णय गरेको गुरुङले बताए । उनले भने, ‘लकडाउन पीडामा आहात नभइ राहतस्वरुप एक महिनाको घरभाडा छुट दिने घोषण गरेको हुँ ।’
रामबाच्छास्थित गुरुङको घरमा रामबाच्छा जीप समिति प्रा.लि. को कार्यालय र अन्य १० परिवार भाडामा बस्दै आएका छन् । उनले प्रत्येक महिना एकमुष्ठ १७ हजार ५ सय बुझ्ने उनले जानकारी दिए । विश्व नै संकटमा परेको बेला एकले अर्कोलाई साथ, सहयोग र सहुलियत दिन जरुरी रहेको उनको भनाई छ । ‘मैले एक महिनाको भाडा छुट दिँदै गर्दा केही परिवारलाई खाद्यान्नको जोहो गर्न सजिलो हुने आशा गरेको छु,’ उनले थपे ।
यसैगरी गुरुङले वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपाालिका कोभिड–१९ राहत कोष’ मा १५ हजार नगदसमेत सहयोग गरेका छन् । विश्वभर सबै समुदाय कोरोना विरुद्दको अभियानमा एकजुट भएर अगाडि बढीरहको अवस्थामा क्याप्टेन गुरुङले गरेको सहयोगको वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँणले प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)