शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१९६ जनाको स्याम्पल संकलन गरी टोली काठमाडौं फर्कियो

बुधबार, २६ चैत २०७६, १६ : ४६
बुधबार, २६ चैत २०७६

कैलाली । सुदूरपश्चिम प्रदेश आइपुगेको र्‍यापिड टेष्टगर्ने टोली काठमाडौं फर्किएको छ । कञ्चनपुर र कैलालीका विभिन्न करेन्टाइनमा बसेका १९६ जनाको रगत र स्वाब संकलन गरी आज टोली काडमाडौं फर्किएको हो । 
टोली काडमाडौ फर्किएसँगै थप स्वाब संकलन गर्ने कार्य पनि बन्द भएको छ ।  उनीहरुको लक्ष्य भनेको नै अधिकतम २०० जनाको नमुना संकलन गर्ने हो । 

सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सुदूरपश्चिम प्रदेशको कैलाली कञ्चनपुर लगायत आसपासका क्षेत्रमा क्वारेन्टाइनमा बसेकाको नमुना संकलन गर्न आएको  तालिम प्राप्त सो टालीले  १९६ वटा स्याम्पल संकलन गरी काठमाडौ फर्किएको जानकारी दिए । 

अन्यको स्वावको नमुना संकलनका लागि ५ हजार किट हामीसँग  छ । स्वाब परीक्षणसम्बन्धी कर्मचारीलाई तालिम दिँदै छौ, सम्पन्न भइसके पछि दुई तीन दिनभित्रमा  काम फेरि सुचारु गरिन्छ’, मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । 

तालिमप्राप्त कर्मचारीबाट अब सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा काम शुरु हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सम्पर्क व्यक्ति राम प्रसाद ओझाले रातोपाटीलाई जानकारी दिए ।

अझै पनि  नमुना संकलन गर्न कैलालीको भजनी, घोडाघोडी जोशीपुर र कञ्चनपुरका केही स्थान बाँकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप