नेकपा दमकद्वारा राहत र कोरोना रोकथामलाई ८ लाख हस्तान्तरण
झापाको जिल्लाको दमक नगरपालिकामा आज सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नगर कमिटीले कोरोना रोकथाम एवम् विपन्न समुदायलाई राहतका लागि गठित नगर समन्वय समितिलाई रु ८ लाख नगद हस्तान्तरण गरेको छ।
आज दमक नगरपालिकामा आयोजित संक्षिप्त हस्तान्तरण समारोहमा नगर प्रमुख रोमनाथ ओलीलाई नेकपा दमक नगर कमिटीका अध्यक्ष वोधप्रसाद घिमिरेले नगर कमिटीको तर्फवाट नगद रु ३ लाख एक हजार हस्तान्तरण गरेका हुन् । वांकी ५ लाख रुपैयाँ नेकपाको दमक नगर कमिटी अन्तर्गत नगरका दशवटा वडा कमिटीको तर्फबाट केही दिनमै हस्तान्तरण गरिने नगर सचिव तिर्थराज बस्नेत (शंकर) ले वताए ।
दमक नगरपालिकाको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गठित नगर समन्वय समिति कोरोना रोकथाम र विपन्न समुदायको राहतको लागि अहोरात्र क्रियाशील रहेको नगर उपप्रमुख एवम् प्रवक्ता गीता अधिकारीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षाको गुणस्तर र विद्यालय भर्ना अभियानमा सामूहिक योगदान आवश्यक छ: शिक्षामन्त्री श्रेष्ठ
-
लुम्बिनी प्रदेश सरकारमा जाने एमालेका मन्त्रीको लाग्यो टुंगो
-
सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन
-
राप्रपाका तीन सांसद इलाम चुनावको प्रचारमा घरदैलो गर्दै
-
‘मुख्यमन्त्री सभाहल’ निर्माण सम्पन्न गर्न १० महिना म्याद थप
-
सङ्घीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो– ‘स्टप सपोर्टिङ चाइना’