शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालबाट हेर्दा यस्तो देखियो ‘पिङ्क सुपरमुन’ (फोटो फिचर)

बुधबार, २६ चैत २०७६, २२ : २५
बुधबार, २६ चैत २०७६

 

आफ्नो कक्षमा घुम्ने क्रममा पृथ्वीको सबै भन्दा नजिक हुने पुर्णिमाको जुन अर्थात् चन्द्रमालाई सुपरमुन भनिन्छ ।

आज अर्थात् ८ अप्रील २०२० को दिन देखिएको जुन पनि त्यस्तै सुपरमुन हो । यसलाई भने ‘पिङ्क सुपरमुन’ भनिन्छ । नर्थ अमेरिकामा बसन्त ऋतुको समयमा फुल्ने एक जंगली फूलबाट यसको नाम ‘पिङ्क सुपरमुन’ राखिएको हो ।

अहिले यो जुन पृथ्वीबाट जम्मा ३,५६,९०७६ किलोमिटर (२,२१,७७२ माइल) मात्र टाढा रहेको मानिन्छ ।

हेरौ‌ नेपालबाट देखिएका ‘पिंक मुन’का मनमोहक तस्विरहरु :

यसको नामाकरण सुपर पिंक मुन भनिए तापनि यसको रंग गुलावी चाहिँ हुँदैन । आजको दिन चन्द्रमा, पृथ्वी र सूर्य एउटै लाइनमा आइपुग्छ । यसदिनको चन्दंमा अरु दिनहरुको भन्दा बढी चम्किलो हुने गर्छ । यो नै यस वर्षको सबैभन्दा चम्किलो चन्द्रमा पनि हो ।

रातोपाटीका फोटो पत्रकार सुवास श्रेष्ठले खिचेका पिंक सुपरमुन चाहिँ यस्तो देखियो :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दृष्टान्त बिडारी
दृष्टान्त बिडारी
लेखकबाट थप