सरकारले खोस्यो निलो नम्बर प्लेटका गाडी
बुधबार, २६ चैत २०७६, २२ : ५०
काठमाडौं । उद्योगी तथा महावाणिज्य दूत सुलभ अग्रवाल पक्राउ परेको भोलिपल्टै सरकारले सबै महावाणिज्य दूतहरुलाई निलो नम्बर प्लेटको गाडी प्रयोग गर्न रोक लगाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी गराएको हो ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अबदेखि नेपालका अवैतनिक महावाणिज्य दूतले आफ्नो सवारीमा नीलो नम्बर प्लेट र नेपालको झण्डा प्रयोग गर्न नपाउने जनाएको छ ।
सुलभ नेपालका लागि किर्जिकीस्तानका अवैतनिक दूत समेत हुन् । अग्रवालले जरो नाप्ने थर्मल गन कालोबजारी गर्ने गरेको सूचना पाएलगत्तै प्रहरीले ‘जरुरी पक्राउ पुर्जी’ लिएर मंगलबार नक्सालबाट पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन
-
इलाम–२ उपनिर्वाचन : उम्मेदवारको बाचा, मतदातालाई छैन आशा