केन्द्रीय संस्करण
कोरोना कैरन– ६

कोरोना युद्धका शहीदहरु

person explore access_timeचैत २७, २०७६ chat_bubble_outline0

नआउनु बिना सूचना आइहाल्यो, अब घण्ट बजाएर वा थाल ठटाएर कोरोना आतङ्क भाग्नेवाला छैन । यसरी भाग्ला भन्ने मिथ्या विश्वास त अन्धमति मोदीको हो । मानव इतिहासमा यस्ता आपत पहिले अनेक आएका हुन्, पछि पनि आउन नछाड्लान् । पहिलेका आपत मानिसले लडेर जित्यो, अहिले पनि जित्ने लडेरै हो । ढङ्गको होस् वा बेढङ्गको, संसारभरि क्रूर कोरोनासँग मानिसको भीषण युद्ध चल्दो छ । लड्दालड्दै यो भाइरस सल्केर दिनानुदिन थुप्रो मानिस मरिहेछन् । मृत्युको यो भयावह चक्रमा म मरुँला, तपाईं मर्नु होला र घैँटे मर्ला । तर मानिस मरेर सकिँदैन । यो युद्धमा मानिसले मानिसको बीउ जोगएरै छाड्छ । आखिर मानिसको बीउ जोगाउने को हुन् ती वीर–वीराङ्गनाहरु ? ती मूलतः शहीद हुन् ।


देवकोटाले कविताको भाकामा आफैँलाई सोधे– खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ? र, बूढाले आफैँ आफूलाई जवाफ दिए– आफू मिटाई अरूलाई दिनु जाहाँ छ। बस्, जीवनमा सुख अरूलाई बचाउन आफू मर्नु र मेटिनुमा छ । जीवनमा सुख मानव जीवनमा स्वतन्त्रताको ज्योति बाल्न आफू बलि चढ्नुमा छ । जो यसरी मर्छ, त्यो शहीद हो । जो यसरी बलि चढ्छ, त्यो शहीद हो । कोरोना युद्धका आफ्नै शहीदहरु छन् ।


जीवनमा सुख के हो ? जीवनमा नित्य उठिरहने प्रश्न हो यो । यो प्रश्न लक्ष्मीप्रसाद देवकोटाको पनि हो । सत्तासीन कमिसनभक्षी भन्ला– जीवनमा सुख खानु हो । विमान खानु, सुन खानु, स्वास्थ्यकर्मीको रक्षाकबज खानु, जल खानु, जमिन खानु, जङ्गल खानु । र, सकिने भए कोरोनासँग मितेरी साइनो गाँसेर भाइरस सङ्क्रमित मृत्युमुखी जनहरुको जीवन नै... । तर लोकका विवेक नगुमेका, इमान नडगेका र श्री नझुकेका जनको सुखको परिभाषा बेग्लै छ । देवकोटाले कविताको भाकामा आफैँलाई सोधे– खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ? र, बूढाले आफैँ आफूलाई जवाफ दिए– आफू मिटाई अरूलाई दिनु जाहाँ छ। बस्, जीवनमा सुख अरूलाई बचाउन आफू मर्नु र मेटिनुमा छ । जीवनमा सुख मानव जीवनमा स्वतन्त्रताको ज्योति बाल्न आफू बलि चढ्नुमा छ । जो यसरी मर्छ, त्यो शहीद हो । जो यसरी बलि चढ्छ, त्यो शहीद हो । कोरोना युद्धका आफ्नै शहीदहरु छन् । यो युद्धको अतिशय निर्मम र अथाह पीडादायी चक्रमा विविध र बहुल शहीद हुनेछन् । यहाँ भने म केवल डाक्टर र नर्स महलका एकाध शहीदको चर्चा गर्छु ।

कोरोना भाइरस चीनको उहान महानगरीमा देखियो । देख्यो कसले ? यो देख्ने मनुवाको आफ्नै कथा छ । र, त्यो कथामा यिनको आफ्नै व्यथा छ । यो व्यथाका भुक्तभोगी ली वेनलियाङ उहानमा कार्यरत डाक्टर थिए । उमेर थियो उनको जम्मा ३४ वर्ष । उनका अगाडि उनको लामो जीवन बाँकी थियो । जीवनमा उनलाई धेरै कुरा गर्नु थियो । धेरै कुरा देख्नु थियो । र, गरेका र  देखेका अनभुवहरुको सार मथेर लोकलाई सुनाउनु थियो । तर उनको जीवन ३४ वर्षमै सकियो । उनी मारिए, उनी मेटिए । आफू मरेर र मेटिएर उनले अरूलाई अन्धकारमा प्रकाश दिए, आपतकालमा साहस दिए ।

ली वेनलियाङ https://www.theamericanconservative.com

महिना दिनभित्रै महामारी व्याप्त भयो । लीको चेतावनी सत्य ठहरियो, हुर्मतकारी सत्ताको नूर गिर्‍यो । तर के लाग्छ, ली आफैँले पत्ता लगाएको भाइरसको आफैँ सिकार भए । मानौँ त्यसले उनीसँग साटो फेर्‍यो । उनले मृत्यु शय्याबाट विश्वभरिका सहधर्मीहरूलाई आफ्नो अनुभव बताए । विडम्बनावश, जसले उनलाई अपराधको बात लाएर पक्राउ गरेको थियो, उसैले उनलाई कोरोना युद्धको शहीद घोषणा गर्‍यो ।


लीले एक दिन भने– मैले नयाँ भाइरस देखेँ । मानव जीवनमा उपद्रो मच्चाउन सक्ने भाइरस । हाहाकार मच्चाउन सक्ने भाइरस । जुक्ति र बुद्धिले साहस र धैर्यसाथ नलडे मानव जाति ठूलै सङ्कटमा पर्नसक्ने भाइरस । कुरा ‘समाजवादी’ चीनको थियो । वास्तवमा समाजका लागि समाजवाद नभएको, शासकका लागि सर्वसत्ता भएको चीनको । त्यसैले लीले यी कुरा प्रतीकात्मक ढङ्गले भने हुनन् । हो कि होइन जस्तो गरी । यसो वा उसो अर्थ लाउन मिल्ने गरी । लीले असल मनसायले साङ्केतिक भावमा यो चेतावनी दिनु मात्र के थियो उनलाई प्रहरीले झ्याप्प पक्राउ गर्‍यो । प्रहरीको लोकले नदेख्ने र नसुन्ने अँध्यारो छिँडीमा उनी थुनिए । उनीसँग सायद कडा केरकार गरियो  । उनलाई भाइरस–भाइरस भनेर अफबाह फैलाएको आरोप लाग्यो । कतैका कसैको भड्काउकारी दलाल भएर पो यसले नहुँदो कुरो भन्यो कि ? सके केरकारेका चित्तमा यस्तो संशय पनि पैदा भयो होला । सत्ताले जे सिकाएको छ, जानिने र गरिने अदिने त्यही त हो ।

नानाओली बन्देजयुक्त बन्द समाजको शासक जहिले पनि र जहाँ पनि आफूलाई सर्वज्ञानी ठान्छ । कला उही जान्दछ, विज्ञानमा उही पोख्त हुन्छ । र, उग्र दम्भका साथ ऊ सोच्छ– हरेक मानिसले केही भन्नुअघि नतमस्तक भई मेरो आदेश मागोस् । लीले आदेश मागेनन् । सूक्ष्म अवलोकन, वस्तुनिष्ठ विश्लेषण र पत्यारिलो परीक्षणबाट प्राप्त जानकारी लोकलाई सुनाउन शठ शासकको आदेश किन मान्ने ? सायद उनले बागी मुद्रामा यसरी सोचे हुनन् । तर ख्यालख्यालमै झ्याल पर्‍यो । उनी निरङ्कुश सत्ताको आइसोलेसनमा प्याकिसबन्दी भए ।

महिना दिनभित्रै महामारी व्याप्त भयो । लीको चेतावनी सत्य ठहरियो, हुर्मतकारी सत्ताको नूर गिर्‍यो । तर के लाग्छ, ली आफैँले पत्ता लगाएको भाइरसको आफैँ सिकार भए । मानौँ त्यसले उनीसँग साटो फेर्‍यो । उनले मृत्यु शय्याबाट विश्वभरिका सहधर्मीहरूलाई आफ्नो अनुभव बताए । विडम्बनावश, जसले उनलाई अपराधको बात लाएर पक्राउ गरेको थियो, उसैले उनलाई कोरोना युद्धको शहीद घोषणा गर्‍यो । हो, उनी शहीदहरु मध्येका श्रेष्ठ शहीद हुन् । त्यसैले उनी मानिए कोरोना युद्धका अग्रदूत र प्रेरणाका एक अब्बल दृष्टान्त ।


डेनिला ट्रेन्जी । https://vid.alarabiya.net

डेनिला कोरोना आतङ्कपीडित त्यही क्षेत्रमा नर्स थिइन् । एक स्वास्थ्य टोलीकी मूली थिइन् उनी । कोरोना युद्धमा उनी यसरी लडिन्, सङ्क्रमित जनको जीवनरक्षा उनको एक मात्र ध्याउन्ना बन्यो । स्वास्थ्यकर्मीको  सुरक्षाका साधन गतिला थिएनन् । तथापि आफ्नो सुरक्षाको उनलाई न कहिल्यै चासो भयो न चिन्ता । त्यसो त हर्दम कोलाहल र चित्कार व्याप्त भएको मृत्युको त्यो उपत्यकामा आफ्नोबारे सोच्ने फुर्सद नै उनलाई कहाँ थियो र ? दुर्भाग्यवश, करुणा र सेवाभावकी प्रतिमूर्ति डेलिनालाई ज्यानमारा भाइरसको सङ्क्रमणले गाँज्यो ।


अर्की शहीद हुन्, डेनिला ट्रेन्जी । उमेर उनको पनि चौँतीसै वर्ष । इटलीको उत्तरी भेग लोम्बार्दीको नाम जब सुनिन्छ, भय र करुणाले सुन्नेको हंस हल्लिन्छ, हृदय द्रवीत हुन्छ । जो जहाँसुकैको होस्, लोम्बार्दीको हारगुहार, चित्कार र विलापले उसलाई अबाक् तुल्याउँछ, हतप्रभ तुल्याउँछ, त्यसैत्यसै विह्वल तुल्याउँछ । डेनिला कोरोना आतङ्कपीडित त्यही क्षेत्रमा नर्स थिइन् । एक स्वास्थ्य टोलीकी मूली थिइन् उनी । कोरोना युद्धमा उनी यसरी लडिन्, सङ्क्रमित जनको जीवनरक्षा उनको एक मात्र ध्याउन्ना बन्यो । स्वास्थ्यकर्मीको  सुरक्षाका साधन गतिला थिएनन् । तथापि आफ्नो सुरक्षाको उनलाई न कहिल्यै चासो भयो न चिन्ता । त्यसो त हर्दम कोलाहल र चित्कार व्याप्त भएको मृत्युको त्यो उपत्यकामा आफ्नोबारे सोच्ने फुर्सद नै उनलाई कहाँ थियो र ? दुर्भाग्यवश, करुणा र सेवाभावकी प्रतिमूर्ति डेलिनालाई ज्यानमारा भाइरसको सङ्क्रमणले गाँज्यो । र, उनले आत्महत्या गरिन् । उनको आत्महत्या चरम निराशा र हतासको नतिजा किमार्थ थिएन । त्यो त बरु उदात्त मानवीय भावना र विरल उत्सर्गको नतिजा पो थियो । आत्महत्या गर्नुअघि डेनिलाले लोकलाई सानो इच्छापत्र अर्पण गरिन्, जसमा लेखिएको थियो, ‘अरू धेरैको ज्यान बचाउन मैले आफ्नै जीवन अन्त्य गर्ने निधो गरेँ । यो मेरो भूल भए माफ पाऊँ । मेरा समस्त प्रियजन, अलबिदा ।’ डेनिलालाई मर्दामर्दै पनि बाँकी जिउँदाहरु नमरून् भन्ने चिन्ता थियो । गहिरो मानवीय  चिन्ता !

आयो कुरा अब अर्का शहीद डा. अब्दुलको । उनी थिए इन्डोनेसियाका कुशल एवं असल डाक्टर । कोरोना युद्धको जोखिमपूर्ण अग्रमोर्चाका उनी खास्साका योद्धा थिए । यता उनलाई सङ्क्रमित बिरामीको उद्धार र उपकारको चिन्ता थियो । उता उनलाई घरका प्रियजनलाई आफूबाट कोरोना सर्ला कि भन्ने डर थियो । त्यसैले उनी अस्पतालमा अहोरात्र सेवा गर्थे, त्यहीँ खान्थे, त्यहीँ सुत्थे । एक दिन दुष्ट कोरोनाले उनको ज्यानमाथि विषाक्त तरबार उज्यायो । डा. अब्दुललाई लाग्यो– अब म पक्कै मर्ने भएँ । उनी उदास सुस्केरा हाल्दै घर गए । उनी घरको मूलद्वार बाहिर उभिए । उनले भित्र आफ्ना दुई चिचिला बालकलाई हेरे, दोजिया पत्नीलाई हेरे । न उनी केही बोले, न प्रियजनले ओठ खोले । तिनका बीच केवल निःशब्द हेराहेर भयो । हृदयको वेदना र बिलौना व्यक्त गर्ने शब्द तीसँग भएनन् । मनमा शब्दातीत चिन्ता र मङ्गल कामना लिएर डा. अब्दुल अस्पताल फर्के र उनले एकाध दिनपछि सदाका लागि जीवन बिसाए ।


डा. अब्दुललाई लाग्यो– अब म पक्कै मर्ने भएँ । उनी उदास सुस्केरा हाल्दै घर गए । उनी घरको मूलद्वार बाहिर उभिए । उनले भित्र आफ्ना दुई चिचिला बालकलाई हेरे, दोजिया पत्नीलाई हेरे । न उनी केही बोले, न प्रियजनले ओठ खोले । तिनका बीच केवल निःशब्द हेराहेर भयो । हृदयको वेदना र बिलौना व्यक्त गर्ने शब्द तीसँग भएनन् । मनमा शब्दातीत चिन्ता र मङ्गल कामना लिएर डा. अब्दुल अस्पताल फर्के र उनले एकाध दिनपछि सदाका लागि जीवन बिसाए ।


यी भए अनेकमध्येका तीन मृत शहीदहरु । कोरोना युद्धको अग्रमोर्चामा जिउँदा शहीद कति छन् कति ! त्यस्ती एक शहीद हुन्— क्रिस्टियन कल्डेरोन । उनी हुन् न्युयोर्कको कोलम्बिया अस्पतालकी एक असाधारण नर्स, घर न्युजर्सी । उनको घरबाहिर ‘वारिअर’ लेखिएको छ, जसको साङ्केतिक अर्थ हो– म अग्रिम मोर्चाकी योद्धा हुँ । अस्पतालमा उनको रातिको पालो छ । उनी साँझपख घरबाट हिँड्छिन् । मुखमा मास्क, आँखामा आँसु, दुई कलिला छोराछोरीलाई हात हल्लाएर बाईबाई । के थाहा, क्रिस्टियनको ‘बाई बाई’ सदाका लागि अलबिदा पो हुने हो कि !

क्रिस्टिन अस्पतालको सघन कक्षका नर्सहरुकी नायिका हुन् । उनको दी इन्डेपेन्डेन्ट पत्रिकासँगको अन्तरवार्तामा अस्पतालका मेडिकल स्टाफ र बिरामीहरुकोे दैनिकीको हृदयविदारक वर्णन छ । क्रिस्टियन १२ वर्षदेखि सघन उपचार कक्षमा छिन् । उनी भन्छिन्, अचेल उनलाई जे पनि बिरानो लाग्छ । समय बिरनो, सन्दर्भ बिरानो, समस्या बिरानो, आफैँ आफ्ना लागि बिरानो । चालीस वर्षकी क्रिस्टियनलाई आफ्नो अस्पताल आफ्नोजस्तो लाग्दैन । त्यो कताकता बिरानो देशको जस्तो लाग्छ, जहाँ जे भइरहेछ, कहिल्यै नसोचेको, नदेखेको, नभोगेको भइरहेछ । सब विकराल र बीभत्स ! सघन उपचार कक्षमा सिकिस्त सङ्क्रमितहरु खचाखच छन् । त्यहाँ तिनको सुनिनसक्नु चित्कार छ । कक्षको एउटा ढोकाबाट जिउँदो सङ्क्रमित आउँछ, अर्को ढोकाबाट शव बाहिर जान्छ । यो क्रम नित्य चलिरहन्छ । बाहिर भेन्टिलेटर जडित एम्बुलेन्स बिरामी लिएर आउँछ, फ्रिजजडित ट्र«क शव लिएर जान्छ । ओसार–पसार अटुट चलिरहन्छ । प्रियजनहरु अन्तिम पटक मृतकका मुख हेर्न पाउँदैनन् । त्यो अस्तव्यस्तता, त्यो कोलाहल र त्यो विक्षिप्त मनोदशामाझ केको मुख हेर्न पाउनु ? एक ट्रक शवहरु हत्तपत्त धर्तीमुनि सेलाइन्छन् । र, लगत्तै अर्को छिमल शवको पालो आउँछ ।

सङ्क्रमितहरु बढ्दा छन्, स्वास्थ्यकर्मीको रक्षा कवच र भेन्टिलेटरको कमी खट्किँदो छ । डाक्टरलाई स्वविवेकीय निर्णय गर्ने हक प्रदान गरिएको छ । कसलाई दुर्लभ भेन्टिलेटरमा राख्ने हो तिमी नै निधो गर । यसको अर्थ हो– भेन्टिलेटर नपुग्नेलाई बाहिरै मर्न देऊ । भेन्टिलेटर माग्दा सनक सिं ट्रम्प भन्छन्– थुपारेर लुकाएका छौ, अझ माग्छौ ? कालत्र दिइन्न । राष्ट्रको अभिभावक भनिने जीवात्को त्यो वचन सुन्दा क्रिस्टियनलाई ट्रम्पतिर धारे हात लाउँदै सारा दुनियाँले सुन्ने गरी क्वाँक्वाँ रुन मन लाग्छ ।


क्रिस्टियन कल्डेरोन । https://www.independent.co.uk

जब आफ्नै सहकर्मी सङ्क्रमित भई भर्ना हुन्छन्, क्रिस्टियनलाई असह्य हुन्छ । सँगै काम गरेको अन्तरङ्ग सहकर्मी आफ्नै आँखासामुु मरिरहेछ । निरुपाय क्रिस्टियन असहाय दृष्टिले हेर्छिन् र बिरामीका आँखा छलेर आँसु पुस्छिन् । उनी भन्छिन्– पलपल मरिरहेका ती मसँग यस्तो वाचा गरिमाग्छन्, जो म पूरा गर्न सक्दिनँ । वाचा के हो उनी भन्दिनन् । त्यो अप्रकट वाचा मृत्युपछि टाढैबाट भए पनि प्रियजनहरुलाई मेरोे मुख हेर्न देऊ भने होला सायद ।


जब आफ्नै सहकर्मी सङ्क्रमित भई भर्ना हुन्छन्, क्रिस्टियनलाई असह्य हुन्छ । सँगै काम गरेको अन्तरङ्ग सहकर्मी आफ्नै आँखासामुु मरिरहेछ । निरुपाय क्रिस्टियन असहाय दृष्टिले हेर्छिन् र बिरामीका आँखा छलेर आँसु पुस्छिन् । उनी भन्छिन्– पलपल मरिरहेका ती मसँग यस्तो वाचा गरिमाग्छन्, जो म पूरा गर्न सक्दिनँ । वाचा के हो उनी भन्दिनन् । त्यो अप्रकट वाचा मृत्युपछि टाढैबाट भए पनि प्रियजनहरुलाई मेरोे मुख हेर्न देऊ भने होला सायद ।

यो क्रम कहिलेसम्म चल्ने हो ? स्थिति योभन्दा खराब हुँदा त्यो कस्तो हुने हो ? यो कल्पना मात्रले पनि क्रिस्टियनलाई अत्यास लागेर आउँछ । यो अन्तको होइन, अमेरिकाको विदीर्ण कथा हो । जगत्को सर्वशक्तिमान्, सर्वधनवान् र सर्वसाधनवान् मानिएको अमेरिकाको कथा । अमेरिकामा राइफल र गोलीगठ्ठाको चाङ छ, मास्क छैन । अमेरिकामा युद्धक विमान र पनडुब्बीहरुको चाङ छ, स्वास्थ्यकर्मीको रक्षाकवच छैन । अमेरिकामा ट्याङ्कहरुको लावालस्कर छ, भेन्टिलेर छैन । र नै त नोम चोम्स्की भन्छन्— भेन्टिलेटरको अभावमा नव उदार पुँजीवादको अनुहार कति राम्ररी देखिएको !

अँ, केही कुरा फेरि क्रिस्टियनकै । बाह्र घण्टाको ड्युटीपछि उनी घर आउँछिन् । नुहाउँछिन्, लुगा फेर्छिन्, मास्क लाउँछिन् र कलिला छोराछोरीदेखि अलग्गै बस्छिन् । मास्क लाएका छोराछारी ममतामयी अङ्कमाल र न्यानो चुम्बनको न्यास्रो मान्दै आमालाई ट्वाल्ल परेर हेर्छन् । त्यो मर्मान्तक क्षणमा क्रिस्टियन छोराछोरीका आँखा र कान छलेर धुरुधुरु रुन्छिन् ।

जब चिन्ता र धपेटीले शिथिल भई जब क्रिस्टियन अस्पताल जान असमर्थ हुन्छिन्, उनलाई गहिरो ग्लानिबोध हुन्छ । सहकर्मीहरु उता जिउँदाहरुलाई बचाउन खोज्दै मृतकहरुलाई हेरेर स्तब्ध भइरहेका होलान्, यता म यसरी कर्तव्यबाट च्यूत भएकी छु । यो असम्भव छ । बस्, उनी सकी नसकी घिसारिँदै ड्युटीमा सामेल हुन्छिन् । र, उनी दृढ सङ्कल्प गर्छिन्– मरे यहीँ मर्छु, बिरामीहरुलाई मर्न छाडेर युद्धमोर्चाबाट म किमार्थ भाग्दिनँ ।


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.