बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आज तपाईंको भाग्यफल कस्तो छ ? हेर्नुस् राशिफल

बिहीबार, २७ चैत २०७६, ०६ : २५
बिहीबार, २७ चैत २०७६

वि.सं.२०७६ साल चैत्र २७ गते । बिहीबार । ईश्वी सन् २०२० अप्रिल ०९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– प्रतिपदा,०१ घडी ४३ पला,बिहान ०६ बजेर २९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–स्वाती,५४ घडी ४७ पला,रातको ०३ बजेर ४३ मिनेट उप्रान्त विशाखा । योग– हर्षण,१६ घडी ५० पला,दिउसो १२ बजेर ३२ मिनेट उप्रान्त बज्र । करण– कौलव,बिहान ०६ बजेर २९ मिनेट उप्रान्त तैतिल,बेलुकी ०५ बजेर २० मिनेट उप्रान्त गर । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय ०५ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २४ मिनेट । दिनमान ३१ घडी ३३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । घरमै वसेर गरिने स्वअध्ययनले पढाइ लेखाइमा अरुलाई किनारा लगाउदै आफन्त तथा गुरुहरुको नाम राख्न सकिनेछ । माया प्रेममा रामाउँन चाहने हरुले सँगै बसेर भलाकुसारि गर्न पाउने समय रहेकोछ । तरपनि वाहिरी वातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसायमा मन्दि आउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाइनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा मन जानेछ भने सफल हुनेसुत्र पत्ता लगाउँन सकिने हुदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा घाटा लाग्नेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । वाहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्वन्धी समस्या आउँन सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपार्ईँलाई पछाडी छोड्नेछ । व्यापार व्यावसायमा घाटा लाग्नेछ । खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । वाहिरी वातावरणको ख्याल गर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आत्मिय मित्र तथा दाजुभाईहरुको सहयोग पाइने हुदा मन प्रशन्न हुनेछ । माया प्रेममा रमाउँन चाहानेहरुका लागी समय राम्रो रहेकोछ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुनेयोग रहेकोछ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाईलो यात्रा हुनेछ । धर्म कर्ममा मन जाने हुनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुनेछ । तरपनि स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ ध्यान दिनुहोला ।
 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपार्र्ईँँले गरेको काम समयमा सम्पन्न हुने हुदा चर्चा चुलिनेछ । विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरी वा बैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग हर क्षेत्रमा रहने योग रहेकोछ । तरपनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  कामगर्दा बिशेष शावधानी अपनाउँनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । वाहिरी वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ । व्यापार व्यावसायमा मन्दी आउँनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । तरपनि खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ईमान्दारिता पुर्वक गरीएको प्रयासबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ । पैत्रिक सम्पतीको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । चाहको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ । तरपनि वाहिरी वातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।  

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको समयोगमा राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो आम्दानी हुनेछ । तरपनि वाहिरी वातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  विशिष्ट व्याक्ती हरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्यावसायमा घाटा लाग्नेछ । स्वअध्ययनले पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यता बढेर जानेछ । तरपनि वाहिरी वाताबरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानी गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्यावस्थापनका लागी गरीने कामहरु अन्तिम निष्कर्षमा नपुगी विचमानै अवरुद्ध हुन सक्छन्,ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाइ लेखाइमा एकरुपमा नहुदा अरुभन्दा पछी परिनेछ । माया प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना रहेकोछ ।  

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट :  चिना तथा टिप्पन वनाउँन,चिना हेराउँन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप