शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रम्पको चेतावनीपछि विश्व स्वास्थ्य संगठनले दियो यस्तो जवाफ

बिहीबार, २७ चैत २०७६, ०७ : २६
बिहीबार, २७ चैत २०७६

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना महामारीको विध्वंशबीच विश्व स्वास्थ्य संगठनको विषयमा एउटा ठूलो बयान दिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार भनेका थिए, ‘जब हामीले यात्रामा प्रतिबन्ध लगाएका थियौं तब विश्व स्वास्थ्य संगठनले यसको आलोचना गरेको थियो । उनीहरुको कोरोना संक्रमणको विषयमा अत्यधिक गल्ती गरेका छन् । उनीहरुले निकै अघि नै यो रोगबारे चेतावनी जारी गर्नुपर्दथ्यो ।’

साथै, विश्व स्वास्थ्य संगठनले चीन केन्द्रीत व्यवहार अनाइरहेको आरोपसमेत ट्रम्पले लगाएका थिए । आफ्नो सम्बोधनमा उनले अमेरिकाको तर्फबाट विश्व स्वास्थ्य संगठनलाई दिइने कोषबारे पनि कुरा गर्दै भने, ‘अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सबैभन्दा धेरै पैसा दिन्छ र भविष्यमा हामी यो पैसामाथि रोक लगाउँदैछौं ।’


यसबारे विश्व स्वास्थ्य संगठनको पनि जवाफ आएको छ ।

जेनेभामा एक पत्रकार सम्मेलनको क्रममा विश्व स्वास्थ्य संगठनका निर्देशक जनरल टेडरोस अधानोम गेब्रियेससले कोरोनामाथि राजनीतिकरण हुन नहुने बताएका छन् । उनले यस्तो नगर्न अपिलसमेत गरेका छन् ।

निर्देशक जनरल टेडरोसले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको  आर्थिक सहयोगमाथि रोक लगाउने बयानबारे गरिएको प्रश्नको जवाफमा सो कुरा भनेका हुन् ।

उनले भने, ‘अहिले सबै राजनीतिक दलको ध्यान आफ्ना जनतालाई बचाउनेतर्फ केन्द्रीत हुनुपर्छ ।’

टेडरोसले भने, ‘हामीले संसारभरीका ८८ हजार बढीलाई गुमाइसकेका छौं । हामी के गरिरहेका छौं ? आफ्नो राजनीतिक महत्वकांक्षाका लागि कोभिड–१९ लाई प्रयोग गर्न कुनै आवश्यकता छैन ।’

Source: https://www.bbc.com/hindi/live/india-52210213

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप