शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रियलले पनि खेलाडीको तलब कटौती गर्ने

बिहीबार, २७ चैत २०७६, ०७ : ४१
बिहीबार, २७ चैत २०७६

कोरोना भाइरसले क्लब फुटबलमा आर्थिक संकट निम्त्याएपछि स्पेनिस जाइन्ट किलर रियल म्याड्रिडले पनि खेलाडीको तलब कटौती गर्ने भएको छ । 

रियलले खेलाडीको तलबमा १० देखि २० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको छ । रियलको बोर्ड बैठकले फुटबल, बास्केटबल टिम र प्रशिक्षकको तलममा कटौती गर्ने निर्णय गरेको हो । 

सिजन सुरु भएको अवस्थामा १० प्रतिशत र सिजन त्यतिकै अन्त्य भएको अवस्तामा तलबमा २० प्रतिशत काटिने सहमति भएको रियलले उल्लेख गरेको छ । क्लबको संकटमा साथ दिएकोमा रियलले विज्ञप्ती मार्फत सबैलाई धन्यबाद पनि दिएको छ । कोरोना भाइरसको संक्रमण अहिले स्पेनमा झनै बढेको छ । 

यसअघि क्लबलाई आर्थिक संकट परेको भन्दै स्पेनिस पावर हाउस बार्सिलोना र एथ्लेटिको म्याड्रिडले खेलाडीको तलबमा ७० प्रतिशतसम्म कटौती गरेको थियो । स्पेनिस क्बल सेभिल्लाले पनि खेलाडीको तलबमा ७० प्रतिशत कटौती गर्ने तयारी गरेको छ । 

युरोपियन फुटबलका आएको आर्थिक संकटलाई टार्न इङलिस प्रिमियर लिग र इटालियन सिरि ‘ए’ ले पनि  खेलाडीको तलबमा ३० प्रतिशत कटौती गर्ने निर्णय गरिसकेको छ । अहिले लिग फुटबल लगायत फुटबलका अन्य गतिविधि अनिश्चित कालका लागि स्थगित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप