शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अष्ट्रेलियाः यात्रीमा कोरोना संक्रमण, अनुसन्धानका लागि जहाज जफत

बिहीबार, २७ चैत २०७६, ०९ : ४६
बिहीबार, २७ चैत २०७६

अष्ट्रेलियाको पोर्ट केम्बलामा रोकिएको रुबी प्रिन्सेज क्रुज जहाजमा एउटा नाटकीय मोड सार्वजनिक भएको छ । मार्च १९ मा सिड्नीमा रोकिएको उक्त जहाजमा सवारमध्ये अहिलेसम्म १५ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

यहाँ सवार ६ सय बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ । पूरा अष्ट्रेलियाभरी एक स्थानमा भेटिएको यो सबैभन्दा धेरै संक्रमण हो ।

आखिर यो जहाजमा सवार २७ सय यात्रीलाई उत्रन किन दिइयो भनेर अनुसन्धान सुरु भएको छ । जहाजको ब्ल्याक बक्स जफत गरिएको छ ।

न्यू साउथ वेल्थका प्रहरी अधिकारीका अनुसार यो जहाजमा पनि विमानको झैं ब्ल्याक बक्स हुन्छ जसले अनुसन्धानमा मद्दत पुर्याउने आशा गरिएको छ ।

जहाजका एक हजार बढी चालक दलका सदस्यलाई यहाँ नै रोकिएको  छ । तीमध्ये २ सय जनामा फ्लूजस्तो लक्षण देखिएको छ भने अहिलेसम्म १८ जना कोरोनाभाइरसबाट संक्रमित भेटिएका छन् ।

Source: https://www.bbc.com/hindi/live/india-52225248

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप