कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना
कास्की । कास्कीमा क्वारेन्टाइनमा बसेका ३६ जना समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि आआफ्नो घर पठाइएको हो ।
गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले कास्कीका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकाहरुमा १४ दिनसम्म कोरोनाको कुनै सङ्क्रमण नदेखिएपछि घर पठाइएको जानकारी दिए । क्वारेन्टाइनमा बसेकाहरु कतार, भारत, बंगलादेशलगायत देशबाट आएका थिए । तीमध्ये पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्रमा १६ र रुपा गाउँपालिकाको क्वारेन्टाइनमा २० जना राखिएको थियो ।
अन्नपूर्ण गाउँपालिकामा होम क्वारेन्टाइनमा बसेकाहरुमा पनि हालसम्म कोरोना संक्रमण देखिएको छैन । चौध दिनपछि घर पठाइएकाहरुलाई पनि थप एक हप्ता होम क्वारेन्टाइनमा बस्न भनिएको डा.शर्माले बताए । अहिले कास्कीका सबै क्वारेन्टाइन रिक्त छन् ।
पछिल्लो तथ्याङ्कानुसार गण्डकी प्रदेशमा कुल २५१ नमूना सङ्कलन भएको छ जसमध्ये १३५ नमूनाको परीक्षण नेगेटिभ आएको छ । दुई पोजेटिभ आएको छ । एक सय २२ नतिजा आउन बाँकी छ । त्यसैगरी हेल्लो डाक्टर १०९२ कार्यक्रममा ५०२ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
-
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबाट लोकतन्त्र दिवसको उपहास, शुभकामना दिनै कन्जुस्याइँ !
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’