केजरीवालले नयाँ दिल्लीका उच्च सरकारी अधिकारीसँग छलफल गर्दै
एजेन्सी । भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार नयाँ दिल्लीका उच्च सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गर्न लागेका छन् । उनले बिहीबार अपरान्ह भारतमा र विशेषगरी नयाँ दिल्लीमा बढ्दै गएको कोरोनाको सङ्क्रमणका विषयमा अधिकारीहरुसँग परामर्श गरी रोकथामका थप कार्यक्रमहरु तय गर्न लाग्नुभएको अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।
नयाँ दिल्लीमा पनि भारतका महाराष्ट्र र तामिलनाडूपछि धेरै कोरोना सङ्क्रमितहरु भेटिएका छन् । बिहीबार बिहान प्राप्त भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्याँकअनुसार भारतीय राज्य नयाँ दिल्लीमा ६६९ जना सङ्क्रमित भेटिएका छन् ।
उक्त समाचारमा यहाँ उपचारपछि २१ जना संक्रमित निको भएर घर फर्किइका छन् भने ९ जनाको मृत्यु भएको छ । मुख्यमन्त्री केजरीवालले उक्त राज्यमा कोरोना भाइरसको उपचार तथा यसका कारण गरिएको लकडाउनका लागि आवश्यक बाहेकका अरु सबै खर्च कटौतीको निर्देशन दिइसकेका छन् ।
उनले उक्त राज्यका वित्त विभागलाई कर्मचारीको नियमित तलब र कोरोना भाइरसको नियन्त्रण एवं रोकथामबाहेकका अरु सबै खर्च कटौतीका लागि अघिल्लो हप्ता नै आदेश दिएका थिए । आजको बैठकमा पनि यसैसँग सम्बन्धित कार्यक्रमहरुका साथै दिल्लीमा बढ्दो रुपमा देखिएको कोभिड–१९ को रोकथामका नयाँ कार्यक्रमहरुका बारेमा छलफल हुने अधिकारीहरुले जनाएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ
-
भी–२० बैठकमा मन्त्री पुनले भने–जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ
-
उर्मिला कोइरालाको चौथो कृति ‘घाममाथि घामकै किरण’ विमोचन
-
रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा
-
एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह
-
सहकारीको पैसा घरजग्गा र कम्पनीमा, बचतकर्ताको करोडौँ पैसा कसले फिर्ता गर्ने ?