सुदुरपश्चिम प्रदेश सरकारको जोखिम व्यवस्थापन कोषमा ४० करोड ६३ लाख
–टंक कुंवर
कैलाली । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटवहादुर बोहराले कोरोना भाईरस व्यवस्थापन जोखीम नियन्त्रण तथा व्यवस्थापन कोषमा ४० करोड ६३ लाख जम्मा भएको वताएका छन् ।उनले ४० करोड प्रदेश सरकारको र ६३ लाख अन्य क्षेत्रबाट जम्मा भएको बताए ।
उक्त कोषमा व्यापारी उद्योगीहरुले एक लाखदेखि माथि र सर्वसाधारणले ५ हजारसम्म पनि जम्मा गरिरहेको उनले बताए । उनले अहिलेसम्म सबैभन्दा वढी बैंक तथा वित्तिय संस्थाहरुले सहयोग गरेको बताए । उक्त रकमबाट प्रदेशमा आवश्यक पर्ने सवस्थ्य सामग्री खरिद गर्ने तथा लकडाउनले समस्यामा परेका वर्गलाई सहयोग गरिने मन्त्री वोहराले रातोपाटीलाई जानकरी दिए । सहयोग आउने क्रम जारी रहेको समेत उनले वताए ।
संकटको बेला देशलाई हरेक नागरिकको सहयोगको खाँचो रहेको बताउँदै उनले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमण फैलिन नदिन प्रयासरत रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी