शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिका उडेका अभिनेता सरोज खनालले भने, ‘जे पर्ला त्यहि टर्ला’

बिहीबार, २७ चैत २०७६, १३ : ३५
बिहीबार, २७ चैत २०७६

करिब पाँच वर्षअघि अमेरिकाको सुख–सयल त्यागेर सधैंका लागि नेपाल फर्किएको दाबी गरेका अभिनेता सरोज खनाल कोरोनाभाइरसको त्रासबीच आइतबार अमेरिका उडे । अमेरिकी सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएका कारण सरोज पनि अमरिका उडेका हुन् ।

सरोज अमेरिकी नागरिक हुन् । उनी अमेरिका उडेपछि नेपालमा भने उनको चर्को विरोध भइरहेको छ ।

यसै विरोधका बीच उनले बुधबार आफ्नो फेसबुक अकाउन्टमा परिवारसँग रमाइलो गरिरहेको तस्बिर पोष्ट गर्दै संस्कृतको एउटा श्लोकसहित स्टेटस लेखेका छन् ।


उनले लेखेका छन्, ‘ सर्वे भवन्तु सुखिनस्सर्वे संतु निरामयस् जसले जे भनेपछि यो समय परिवारसँग बिताउन उचित सम्झिएँ । जे पर्ला त्यहि टर्ला ।’

सरोजका छोरा र श्रीमती पहिले देखि नै अमेरिकामै रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप