केन्द्रीय संस्करण

सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला धमाधम नमुना संकलन

person explore access_timeचैत २७, २०७६ chat_bubble_outline0
file photo

डोटी । सुदुरपश्चिम प्रदेशमा ४ जनामा कोरोना भाईरस पुष्टि भएपछि पहाडी जिल्लाबाट पनि भारत तथा तेश्रो मुलुकबाट आएका नागरिकको नमुना संकलन गरी काठमाडौं पठाउन थालिएको छ । पहाडी जिल्लामा रहेका नगरपालिका तथा गाउँपालिकाहरुले भारत तथा तेश्रो मुलुकबाट आएकाको नमुना संकलन गरी काठमाडौं पठाउन थालेका हुन् ।

यो क्रमसँगै दिपायल सिलगढी नगरपालिका बाट ३३ ,पूर्वीचौकी गाउँपालिकाबाट २ केआइसिंह गाउँपालिकबाट १२ र शिखर नगरपालिकाबाट ७७ जनाको नमुना संकलन गरिएको छ । त्यस्तै आदर्श गाउँपालिकाबाट ७१, बडिकेदार गाउँपालिकाबाट ३८, वोगटान गाउँपालिका वाट ७४ र सायल गाउँपालिकाबाट ५ को नमुना संकलन गरिएको छ ।

त्यसैगरी ७ सुरक्षाकर्मी लगायत ३३० को नमुना संकलन गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले रातोपाटीलाई जानकारी दिए । उनले संकलन गरिएका नमूनालाई  नेपाली सेनाको हेलिकप्टरमा आजै काठमाडौं पठाउन थालिएको जानकारी दिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.