शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा पनि अनमोलको दिनचर्या उस्तै

बिहीबार, २७ चैत २०७६, १४ : ५५
बिहीबार, २७ चैत २०७६

काठमाडौं । कोरोनाको त्रासमा सरकारले गरेको लकडाउनका कारण अहिले अधिकांश मानिस घरभित्र खुम्चिएर बस्न बाध्य छन् । त्यसरी घरभित्र बस्नेमा सर्वसाधारण, सेलिब्रेटीदेखि भिआइपीसम्म रहेका छन् ।  घरभित्र यसरी थुनिएर बस्नु पर्दाको समय धेरैले फिल्म तथा पुस्तकलाई साथी बनाएको समाजिक सञ्जाल तथा मिडियाबाट थाहा पाउन सकिन्छ । तर यो लकडाउनले अभिनेता अनमोल केसीलाई भने केही फरक परेको छैन । उनको दिनचर्या पहिले झै अहिले पनि उस्तै छ । 

किनभने ‘लकडाउन’ अगाडि पनि उनी यस्तै जीवन शैली अपनाउँदै आएका थिए ।अनमोल फिल्मको छायाँकन समय बाहेकको समय पहिले पनि घरबाट बिरलै निस्कन्थे । बिहान जिम गएर फर्केपछि उनको दिन  घरको पर्खालभित्रै बित्ने गथ्र्यो ।

कोरोनाका कारण ‘ए मेरो हजुर ४’ को सुटिङ स्थगित भएपछि पोखरबाट काठमाडौ फर्किएका अनमोल यो समय एकदिन पनि घरबाट ननिस्किएको थाहा भएको छ । घरमै रहँदा फिल्म हेरेर र गीत सुनेर उनले दिन कटाउने गरेको आफन्तले बताए ।

यो समय उनी फिल्म हेर्ने, गीत सुन्नेको अलवा केही फिल्मका स्क्रिप्ट पनि अध्ययन गरिरहेका छन् । स्क्रिप्ट पढेर मात्र निर्माता निर्देशकलाई फिल्म अभिनय गर्ने नगर्ने उनी बताउँछन् । यस अगाडि केही फिल्ममा उनले वाइलाइन कथा सुनेको भरमा पनि साइन गरेका थिए । सोही कारण उनले कानुनी झमेलाको समेत सामना गर्नुपरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप