शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारत सीमामा अलपत्र परेकाहरुको तत्काल उद्दार गर: मोहनविक्रम सिंह

बिहीबार, २७ चैत २०७६, १५ : १८
बिहीबार, २७ चैत २०७६

काठमाडौं । नेकपा (मसाल) ले नेपाल–भारत सीममा अलपत्र परेर बसेका नेपालीको तत्काल उद्दार गर्न सरकारको ध्यानकर्षण गराएको छ । आज सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहले एक विज्ञप्ति जारी गरी सीमामा अलपत्र परेकाहरुको तत्काल उद्दार गरी स्वदेशमा ल्याएर क्वारेन्टाइनमा राख्न सरकारसँग आग्रह गरेका हुन् ।

महामन्त्री सिंहले सीमामा भारततर्फ रोकिएका नेपालीहरुलाई त्यहाँको सरकारले उचित व्यवस्थापन गर्न नसकेको आरोप समेत लगाएका छन् । उनले भनेका छन, ‘खासगरी सुदुरपश्चिमका सीमावर्ती क्षेत्रहरुमा आएका नेपालीहरुको अवस्था धेरै नै खराब भएको छ । तिनीहरुको लागि भारतीय पक्षद्वारा राम्ररी खानपिनको व्यवस्था गर्ने, राम्रो व्यवहार गर्ने वा आवश्यकताअनुसार क्वारेन्टाइनमा उनीहरुलाई बेग्लै राखेर स्वास्थ्य परीक्षण वा उपचार गर्ने कार्यमा समेत समुचित ध्यान दिने गरिएको छैन ।’ 

सिंहले भारतीय सीमामा आएकार बसेका नेपालीहरुको समस्या गम्भीर मानवीय प्रश्न भएको बताउँदै उनीहरुलाई उद्दार गरेर ल्याउन नेपालका सबै राजनीतिक पार्टी र संघसंस्था लगायतको ध्यानाकर्षण गराएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप