चन्द्रागिरिका १० हजार परिवारलाई राहत
काठमाडौं । चन्द्रागिरी नगरपालिकाले १० हजार घरपरिवारलाई राहत वितरण गरेको छ । विश्वव्यापी भएको नोबेल कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि मजदुरी गरेर दैनिक गुजारा चलाउँदै आएका १० हजार घरपरिवारलाई नगरपालिकाले राहत वितरण गरेको हो ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरीका १५ वडाका दैनिक मजदुरी गरेर गुजारा चलाउने १० हजार परिवारलाई राहत वितरण गरेको जानकारी दिए । ‘राहतका लागि अहिलेसम्म १० हजार ७४५ घरपरिवारले नगरपालिकामा आवेदन दिएपनि अहिलेसम्म १० हजार घरपरिवारलाई राहत वितरण गरिसकेका छौँ’, उनले भने ।
नगरपालिकाले एकद्वार प्रणालीमार्फत राहत वितरण गरिरहेको छ । चन्द्रागिरीले तीन जनाको परिवारसम्मलाई १० किलोग्राम मन्सुली चामल, एक किलोग्राम मुसुरो दाल, एक किलोग्राम नुन, दुई किलोग्राम च्यूरा, एक किलोग्राम चिनी र दुई पिस साबुन रहेको छ । यस्तै चार वा चारभन्दा बढी परिवार भएका व्यक्तिलाई १५ किलोग्राम मन्सुली चामल, एक किलोग्राम मुसुरो दाल, एक किलोग्राम नुन, दुई किलोग्राम च्यूरा, एक किलोग्राम चिनी र दुई पिस साबुन वितरण गरिने नगरपालिकाले जनाएको छ ।
विश्वव्यापी रुपमा फैलँदै गएको नोबेल कोरोना भाइरसको नेपालमा सम्भावित सङ्क्रमणका कारण सरकारले चैत ११ गते बिहानदेखि वैशाख ३ गतेसम्म ‘लकडाउन’ गरेपछि दैनिक मजदुरी गरेर पेट पाल्दै आएका विपन्न परिवारलाई खानाको अभाव हुँदै आएको छ । चन्द्रागिरी नगरपालिकाले कोभिड–१९ को नियन्त्रण तथा राहतका लागि रु एक करोड ५० लाख रकम विनियोजन गरेको थियो । चन्द्रागिरी बागमति प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा