बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सांसदलगायतको तलब सुविधा कटौती गरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुविधा बढाऔँ : गगन थापा

बिहीबार, २७ चैत २०७६, १७ : ०६
बिहीबार, २७ चैत २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले सांसदलगायको तलब सुविधा कटौती गर्न सुझाएका छन् । विहीबार ट्वीट गर्दै थापाले कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको तलब भत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोबल बढाउन सुझाएका हुन् ।

उनले लेखेका छन्, 'महासंकटको यो घडीमा,हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतको तलबभत्ता,सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोबल बढाउने प्रयास गरौं।'

प्रहरी प्रधान कार्यालय नक्सालले ‘कोरोना उपचार राहत कोष’मा रकम जम्मा गर्न भन्दै प्रहरी अधिकृतहरुको तलब कटौती  गरेपछि उनको यस्तो प्रक्रिया आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप