बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कुवेतमा थप एक नेपालीमा कोरोना संक्रमण,संक्रमित नेपालीको संख्या ४ पुग्यो

बिहीबार, २७ चैत २०७६, १७ : २२
बिहीबार, २७ चैत २०७६

–बिनोद श्रेष्ठ 
युएई। खाडी मुलुक कुवेतमा थप एक जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ। कुवेतको स्वास्थ्य मन्त्रालय (MOH) ले थप एकजना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या चार पुगेको छ। 

कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ५५ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या ९१०  पुगेको छ। तीमध्ये १ सय ११ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २२ जनाको गम्भीर अवस्थामा उपचार भैरहेको छ । ७९८ जना संक्रमितहरुको उपचार भैरहेको जनाईएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप