बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्वारेन्टाइनभित्रै सुत्केरी व्यथाले च्याप्यो, वडाध्यक्षद्वारा उद्धार

बिहीबार, २७ चैत २०७६, १८ : ५९
बिहीबार, २७ चैत २०७६

गुल्मी  । गुल्मीको सदरमुकाम तम्घासको क्वारेन्टाईनमा रहेकी एक महिलालाई गएराती सुत्केरी ब्यथाले च्यापेपछि रेसुङ्घा नगरपालिकाका एक वडाध्यक्षले उद्धार गरि अस्पताल पठाएका छन् । स्थानीय महेन्द्र नमुना माविमा रहेको क्वारेन्टाइनमा रहेकी बाघमारेकी भगवती परियारलाई सुत्केरी ब्यथा लागेको थाहा पाएपछि रेसुंगा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उदयबहादुर थापाले पाल्पाको युनाईटेड मिशन अस्पतालमा ५ हजार सहयोग गरि पठाएका हुन् । त्यसअघि जिल्ला अस्पतालमा उपचारका लागि लैजाने प्रयास असम्भव भएको थियो । 

‘गएराती एक्कासि फोन आयो, एम्वुलेन्सवालाई बोलाएँ, उनका श्रीमानलाई राती १२ बजे ५ हजार रुपैयाँ  दिइ पठाए’ वडाध्यक्ष थापाले भने, ‘त्यो परिवार यहाँका सुकुम्वासी हुन्, उनीहरुसँग बाटो खर्च समेत  थिएन ।’ वडाध्यक्ष थापाले पाल्पाको प्रहरीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

रेसुङ्घा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई फोन गरेर निशुल्क सुत्केरी गराई पठाईदिन लगाइएको बताए । वडाध्यक्ष थापा भन्छन्–‘मैले दिएको ५ हजारमध्ये ४ हजार रुपैयाँ एम्वुलेन्सले लिएको छ ।

एकहजार मात्रै उनीहरु (श्रीमान–श्रीमती)को साथमा छ । खाने खर्च पनि छैन् नगरपालिकाले सहयोग गर्न जरुरी छ ।’  ती श्रीमान श्रीमती भारतबाट आएका हुन् । उनीहरुलाई सुरुमा उपल्लो तम्घास माविको क्वारेन्टाइनमा राखिएको र अहिले महेन्द्र माविको क्वारेन्टाइनमा राखिएको थापाले बताए ।

पाल्पा प्रहरीले श्रीमानलाई क्वारेन्टाईनमा राखेको र श्रीमतीलाई अस्पतालमा सुरक्षित ढंगले सुत्केरी गराउने प्रयास भइरहेको जनाएको छ । जग्गा–जमिन कतै नभएका उनीहरुलाई माघमारेका विशाल श्रेष्ठको बारी मागेर वडाध्यक्ष थापाको पहलमा सानो झुपडी बनाई राखिएको छ । पछिल्लो समय श्रीमान भारततिर मजदुरी गर्न गएर भर्खर फर्किएको स्थानीयवासीले बताएका छन् ।

वडाध्यक्ष थापाले बाहिरबाट आएका मजदुरहरुलाई नगरपालिकाले दिएको राहतले नपुगेर वडास्तरमा  रहेको विपद् ब्यवस्थापन समितिबाट निर्णय गराई झण्डै सयजना मजदुरहरुलाई राहत उपलब्ध समेत गराएका छन् ।
‘नगरपालिकाको निर्णय कुर्दा उनीहरु भोकै बस्ने अवस्था आयो मेरो वडामा बस्नेहरुलाई भोकै बस्न दिन्न् । बरु म आफु, समितिका सदस्य हिमाल कुँवर र अर्का सदस्य हिराबहादुर थापा लगायतले खल्तीबाट पैसा हाल्न परे पनि हालौंला भनेर रासन खरिद गरि बाँडेका हौं’ वडाध्यक्ष थापाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप