शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीको ऐतिहासिक नन्दन ताल अतिक्रमणको चपेटामा

शुक्रबार, १६ भदौ २०७४, १२ : ४६
शुक्रबार, १६ भदौ २०७४


परासी– नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको ऐतिहासिक नन्दनताल संरक्षणको र प्रवद्र्धनको अभावमा लोप हुने अवस्थामा पुगेको छ ।  

जिल्लाको हकुई र सनई गाउँको सिमानामा जोडिएको उक्त ताल संरक्षण र विकासको अभावमा ओझेलमा परेको हो । करिब एक सय ३४ विघाहा क्षेत्रफमा फैलिएको उक्त ऐतिहासिक नन्दन तालको संरक्षण र विकासमा सम्बन्धित निकायले ध्यान नदिँदा तालको अस्तित्व नै मेटिने खतरा भएको सरोकारवालहरुले बताएका छन् । 

नेपालका तालहरुमध्ये तेश्रो स्थानमा पर्ने यो तालमा पहिला पानी भरि हुने गर्दथ्यो । तालमा विभिन्न प्रजातीका चराचुरुङ्गीहरु आउनुका साथै विभिन्न फुलहरु फुलेर सुन्दर भएपनि स्थानीयले नै मिच्दै जाँदा तालको अस्तित्व नै मेटिने अवस्थामा पुगेको स्थानीय समाजसेवी धरेन्द्र यादवले बताए । 

अतिक्रमणपछि ताल अहिले पुरै खेत जस्तै बनेको छ । केहिवर्ष तालमा बाँध बाधेर ठेक्कामा लगाउने साविक सनई गाविसको योजना भएपनि स्थानीयको अवरोधका कारण त्यो योजना कार्यन्वयन हुन सकेको थिएन । यसैवीच पाल्हीनन्दन गाउँपालिकका अध्यक्ष बैजु प्रसाद गुप्ताले अतिक्रमित ताललाई  जोगाएर संरक्षण र विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप