शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्थतन्त्रमा कोरोना प्रभावबारे काँग्रेस नेता पौडेलद्वारा अर्थ र कृषि विज्ञहरुसँग छलफल

बिहीबार, २७ चैत २०७६, २० : ११
बिहीबार, २७ चैत २०७६

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको अर्थतन्त्रमा सुधारका लागि विज्ञहरुसंग छलफल गरेका छन् । नेता पौडेलले भिडियो कन्फरेन्स मार्फत विहिवार विज्ञहरुसँग छलफल गरेका हुन् । 

छलफलमा योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. गोविन्द पोखरेल, डा. स्वर्णिम वाग्ले, प्रो. डा. इन्जिनियर कमल रिजाल, डा. सुरज पोखरेल, डा. सिद्धिगणेश श्रेष्ठ, डा. माधवप्रसाद पौडेल, डा. प्रधुम्नराज पाण्डे र सहदेवप्रसाद हुमागाँई सहभागि थिए ।

उनीहरुले अर्थतन्त्र उकास्नका लागि कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने बताएका थिए । छलफल कृषि उत्पादन, कृषि मजदुर, कृषि उपज र त्यसको ढुवानीका विषयमा केन्द्रीत भएको थियो ।

विज्ञहरुले कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्नका लागि भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा बृद्धि गर्नुपर्ने बताएका थिए । 

छलफलमा सहभागि डा. स्वर्णिम वाग्लेले कृषि क्षेत्रलाई राहत दिनुपर्ने कृषि क्षेत्रले दिनसक्ने आउटपुटका आधारमा विषेश प्याकेजको घोषणा गर्नुपर्ने बताएका थिए ।

छलफलमा वरिष्ठ नेता पौडेलले आजको युग अनुसारको प्रविधीको प्रयोग कृषिमा कसरी गर्न सकिन्छ भन्ने सुझाव विज्ञहरु मागेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप