शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तारा मण्डलद्वारा सरकारी होस्टेलका विद्यार्थीलाई राहत वितरण

बिहीबार, २७ चैत २०७६, २० : २८
बिहीबार, २७ चैत २०७६

काठमाडौँ । करोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तीकरण अभियानले सरकारी होस्टेलका विद्यार्थीहरू र काठमाडौँमा कोठा भाडामा बसेर पढ्दै गरेका विद्यार्थीहरूलाई राहत सामग्री वितरण गरेको छ ।

बिहीबार स्वयम्भुमा रहेको विजेश्वरी होस्टेलमा उपस्थित भएर तारामण्डलले विद्यार्थीहरूलाई  खाद्यान्न वितरण गरेको हो । संस्थाले हुम्ला, जुम्लाकालिकोट जस्ता पिछडाएका  जिल्लाबाट त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई समेत वितरण गरेको हो ।

पढ्नका लागि आएका विद्यार्थीहरूलाई लकडाउनले उत्पन्न गराएको समस्याले पढाइमा असर नपुगोस् भन्ने हेतुले राहतवितरण गरेको तारामण्डलकी अध्यक्ष कुन्ती पोखरेलले बताइन् । 

विद्यार्थीका प्रतिनिधित्व गर्दै महेश सिंहले दैनिकी काम गर्दै र त्यही प्राप्त भएको पैसाले पढे र आफ्नो जिवोनोयपन गर्दै आएका विद्यार्थीहरूलाई लकडाउनले नकारात्मक असर ल्याएको  र सरकारले यस विषयमा ध्यान दिनुपर्ने बताएका छन् र यसका साथसाथै उनले तारामण्डललाई विशेष धन्यवाददिएका छन्। 

तारामण्डलले बुधवार पनि महानगरपालिका सहित चार नगरपालिकामा समेत राहत सामग्री हस्तान्तरण गरेको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप