शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रणका लागि सर्वपक्षीय संरचना बनाउनुपर्छ : प्रचण्ड

बिहीबार, २७ चैत २०७६, २१ : ०५
बिहीबार, २७ चैत २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय संरचना बनाउन आवश्यक रहेको बताएका छन् । 

अध्यक्ष प्रचण्डले विश्वव्यापी चुनौतीको रुपमा रहेको कोरोनाको सामना गर्न सत्तापक्ष, प्रतिपक्ष लगायत सवै दल सम्मिलित संरचना बनाएर अघि बढ्न सकेमात्र सफल हुने बताएका हुन् । 

बिहीबार इमेज टेलिभिजनको हट सिट कार्यक्रममा अध्यक्ष प्रचण्डले सवैको सहभागीतामा बनाइने त्यस्तो संरचना प्रधानमन्त्रीको नेतृत्वमा बनाउन सकिने भन्दै त्यसबारे प्रधानमन्त्री केपी ओलीसँग पनि आफुले छलफल गर्ने बताए ।

‘कोरोनाविरुद्धको लडाईं सरकार वा कोही पनि एक्लैले सामना गर्न सक्दैन । सर्वपक्षीय संरचना बनाएर सवै मिलेर मात्र यसलाई बनाएर मुकाबिला गर्न सकिन्छ भनेर मैले त्य खालको संरचनाको कुरा गरेको हो’, अध्यक्ष प्रचण्डले भने, ‘सरकारले बनाएको संरचना ठीक छ । मुख्य जिम्मेवारी महामारी नियन्त्रण गर्ने सरकारकै हो । तर यो समस्याको समाधान गर्नै सवै शक्ति एक ठाउँमा उभिन जरुरी छ ।’

उनले लकडाउनसँग सम्बन्धित सरकारले गरेका निर्णय, पहल र कदमप्रति सन्तुष्ट भएको भन्दै यसका साथै सवैलाई समेटेर लैजान पनि जरुरी रहेको बताए । उनले हालै सम्पन्न सचिवालय बैठकमा औषधी उपकरण लगायतको खरिद प्रक्रियासँग जोडिएर आएका विषयमा गम्भीर छलफल भएको भन्दैै त्यसबारे प्रधानमन्त्री स्वयंमले गम्भीर रहेको बताएको जानकारी दिए । 

उनले यस्तो महामारीका बेला दुई अध्यक्षबीचको भेटघाट पातलिएकोप्रति अन्य सदस्यहरुले चासो राखेको र त्यसक्रममा आफूले पनि प्रधानमन्त्रीसँग आवश्यकताअनुसार ‘म भेट गर्न तयार छु’ भनेको भन्दै त्यसमा प्रधानमन्त्री पनि सकारात्मक रहेको बताए । 

उनले सरकारकाले गरेका राम्रा नराम्रा कामको आफू पनि भोग्न तयार रहेको भन्दै स्वास्थ्य सामग्री खरिद,नेपालीहरु अलपत्र परेका विषयमा आफु गम्भिर भएर त्यसको समाधानमा लाग्ने बताए । उनले यसवेला राजनीतिक दाउपेच  नगरी मिलेर अघि बढ्नुको विकल्प नभएको दोहोर्याए । ‘यतिवेला फेरि म भन्छु राजनीतिक दाउपेच गर्नुहुन्न, एकता नै गर्नुपर्छ भन्नेमा नै जोड दिन्छु, प्रचण्डको जोड थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप