शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकका ६ निर्णय

बिहीबार, २७ चैत २०७६, २१ : २४
बिहीबार, २७ चैत २०७६

 विभिन्न ६ वटा निर्णय गर्दै सुदूरपश्चिम सरकारको बैठक सम्पन  भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।
बैठकका निर्णय यसप्रकार छन् ।
१ अति बिपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारका लागी रु ३००० का दरले १६ करोड स्थानिय तह मार्फत राहत सहयोग गर्ने ।

२ यस प्रदेसमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लाई थप १५ लाखको र सन्चारकर्मी लाई १५ लाखको बिमा गर्ने साथै सबै अस्पतालमा बिकास समिति मातहत का स्वास्थ्यकर्मिको लागि पनि प्रोत्साहन भत्ता को ब्यबस्था गरिने ।

३ सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटरको खरिद गर्ने ।

४ सबै जिल्ला प्रसासन कार्यालयलाई ५ लाखका दरले र नेपाली सेना , ससस्त्र प्रहरि र नेपाल प्रहरिको लागी १५ लाखका दरले ब्यबस्थापनको लागि रकम उपलब्ध गराउने ।

५ कोस सन्चालन निर्देसिका र राहत बितरण मापदण्ड पारित ।

६ प्रदेशमा फाल्गुन मसान्त सम्म तिर्नुपर्ने कर , सुल्क र दस्तुरको अबधि बैसाख मसान्त सम्म थप गर्ने ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप