प्रदेश १ : थपिए सात स्थानमा ४१ क्वारेन्टाइन बेड
प्रदेश न.१ मा ४१ क्वारेनइन बेड थपिएको छ । विहीबार प्रदेशका विभिन्न ७ स्थानमा ती बेड थपिएका हुन । सरकारले निर्माण गरेको कूल २ सय ६१ स्थानको बेड संख्या अब ४ हजार १ सय ४८ पुगेको छ ।
आइसोलेसन स्थान ४८ सय र बेड संख्या ४ सय ३२ नै यथावत छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार विहीबारसम्म क्वरोन्टाईनमा बस्नेको संख्या जम्मा ६ सय २ छ । जसमा ५२ महिला र र ५ सय ५० पुरुष छन् । आजसम्म ५ महिला र १५ पुरुष क्वारेन्टाइनबाट डिस्चार्ज भएका छन् । यसैगरी आइसोलेसनबाट डिस्चार्ज हुनेमा ८ महिला र १४ पुरुष छन् ।
होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो क्रममा छ । विहीबार १५ महिला र ६५ पुरुष थपिएका छन् । होम क्वारेन्टाइनमा बस्नेको कूल संख्या ३ हजार १ सय ११ छ । महिला ५ सय ८१ र पुरुष २ हजार ५ सय ३० रहेका छन् ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेश १ मा क्वारेन्टाइन र आइसोलेसन बेड संचालनमा ल्याइएको हो । सरकारले विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।
यसैगरी प्रदेश १ मा हालसम्म १ सय ७८ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये १ सय ४ जनाको रिर्पोट नेगोटिभ आएको छ । स्वाब परीक्षण गर्न पठाइएकामा ३५ महिला र १ सय ४३ पुरुष छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
-
दोस्रो जनआन्दोलनले गर्भे टुहुरो बनायो विजयराज पाण्डेलाई
-
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह