शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शुक्रबारदेखि विराटनगरबाट पनि स्वाब परीक्षण

बिहीबार, २७ चैत २०७६, २२ : ०३
बिहीबार, २७ चैत २०७६

मोरङ । शुक्रबारदेखि कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण  विराटनगरबाट पनि शुरु गरिने भएको छ ।  प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज काठमाडौबाट ल्याएको आवश्यक किट्स र उपकरण बुझ्दै  कोशी अस्पताल विराटनगरले शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्ने जानकारी दिए । सो अस्पतालमा अब दैनिक करिव ९६ जनाको नमूना सङ्कलन गर्न सक्ने क्षमता भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी धरानमा  दैनिक  २० जनाको मात्रै स्वाब परीक्षण  गर्ने क्षमता भएकोमा अब विराटनगरमा पनि यो सुविधा उपलब्ध भएको छ । परीक्षण आरम्भका लागि काठमाडौँस्थित वीर अस्पतालका जेनेटिक साइन्टिस्ट वलराम गौतम पनि यहाँ आएका छन् । शुक्रबारदेखि प्रदेशका  क्वारेन्टाइनबाट ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट पनि कोरोना भाइरसको शङकास्पद विरामीको रगतको नमूना परीक्षण  शुरु गरिने भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप