बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनीमा विद्युत चुहावटबाट आगलागी, ४ घर जलेर नष्ट

बिहीबार, २७ चैत २०७६, २२ : ४८
बिहीबार, २७ चैत २०७६

रुपन्देही । लुम्बिनीमा आज साँझ आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । पाँच बजे भएको आगलागीबाट लुम्बिनी सांस्कृतिक नगरपालिका ४, खम्हेगाउँका सुरज नाऊ, जोगिन्दर नाऊ, दुर्योधन नाऊ र रघुवीर नाऊका घर जलेर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

आगलागीबाट घरका सबै सामान जलेर नष्ट भएको छ । स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् चुहिएर भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप