शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बोको हरामविरूद्धको कारबाहीमा ५२ सैनिक र १ हजार जिहादी लडाकूको मृत्यु: सैनिक

बिहीबार, २७ चैत २०७६, २३ : ०१
बिहीबार, २७ चैत २०७६

एजेन्सी । बोको हरामविरूद्धको एक महिने सुरक्षा कारबाहीमा ५२ सैनिक र एक हजार जिहादी लडाकूको मृत्युभएको चाडको सरकारी सेनाले बिहीबार जानकारी गराएको छ ।

सेनाले लेक चाडको सीमा क्षेत्रमा जिहादी बोकोहराम विरूद्ध गत महिना आफ्ना करिब १०० सेनाको ज्यान जाने गरी आक्रमण गरेपछि प्रतिक्रियामा उक्त कारबाही सुरू गरेको सेनाले बताएको छ ।

सेनाका प्रवक्ता कोलोनेल अजेम बर्मेन्दोआ अगौनाले एएफपीसँग भने, ‘एक महिना लामो बोको हरामविरूद्धको कारबाही बुधबार सकिएको छ । यस क्रममा ५२ जना सैनिक अधिकारीले शहादत प्राप्त गरेका छन् भने आतङ्ककारी समूह बोको हरामतर्फ एक हजारभन्दा बढीको मृत्यु भएको छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप