केन्द्रीय संस्करण
कोरोना कैरन– ७

सरकारको अनुहार देखिने यो ऐना

जसको बासमा पिउने पानी र खाने अन्न छैन, उसका लागि ‘हात धोऊ, घरै बस !’ आज्ञा कठोर उपहास र क्रूर ठट्टा सिवाय अरू के नै पो होला र ?

person explore access_timeचैत २८, २०७६ chat_bubble_outline1
पशुपतिनाथमा निःशुल्क खाना खाँदै सर्वसाधारणजन

भोका श्रमिकहरु जब सिंहदरबार र बालुवाटार दरबारको विश्वासघातको चोटले आहत हुन्छन्, उनीहरु निरुपाय भई सान्त्वनाका लागि पशुपतिनाथको मुख ताक्छन् । यसैकारण होला सायद अचेल एक हुल भोका श्रमिक सखारै सपरिवार पशुपतिनाथको मन्दिर जान्छन् र कसैले केही खान देला कि भनी दिनभरि भौँतारिइरहन्छन् । पाए केही खान्छन्, नपाए फुस्रा ओठ लिएर सुस्केरा हाल्दै ती आफ्ना गुँडतिर फर्किन्छन् ।


कोरोना आतङ्कले जब जगतलाई लपट्नै लग्यो, सदाझैँ वैराग्यकमुखी  दार्शनिक प्रकट भए । पाँच वर्षअघि भूकम्पको याममा पनि ती  प्रकट भएकै थिए । राजधानीको टुँडिखेलमा पल्लो पालमुनि एक भद्रजन शरण परेका थिए, ओल्लो पालमुनि थिइन् एक सुत्केरी महिला । भद्रजनको जिब्रोबाट वैराग्य दर्शन प्रवाहित भयो– भूकम्पसामु न ठूलो–सानो कोही छ, न धनी–गरिबको कुनै भेद छ । सबै एकनास, सबै निरिह, सबै मरणशील । यसो भनिरहँदा ती भद्रजन मस्त मुद्रामा बोकेको सुकुटीसँग ब्ल्याक लेबलको चुस्की लगाउँदै थिए । उता सुत्केरी महिलासँग पिउने पानीधरि थिएन । भूकम्पका पराकम्पहरु जब किञ्चित मत्थर भए, वैराग्यपन्थी भद्रजन आफ्नो कङ्क्रिटको महलमा भित्रिने तरखरमा लागे । भित्रिनलाई महिलाको घर थिएन । काँचो माटोको उनको फुच्चे घर भूकम्पको धक्काले गल्र्याम्मै ढलेको थियो । बासको चिन्ताले महिला रोइरहेकी थिइन् । भद्रजनले जाँदाजाँदै अर्ती दिए– बहिनी, भावुकतामा नबग । जिन्दगी यस्तै हो, सबैका दुःख छन् ।

अहिले कोरोना कालमा वैराग्यको उही बासी टेप दोहोरिँदो छ– कोरोनाले धनी–गरिब चिन्दैन, ठूलो–सानो भन्दैन । सबै एकनास, सबै निरिह, सबै मरणशील । तर जीवनको निर्मम यथार्थ सर्वथा फरक छ । यो भयावह कोरोना कालमा सरकारको दृष्टिमा कोही ठूलो छ, कोही सानो । कोही आफ्नो छ, कोही बिरानो । कोही ग्राह्य छ, कोही त्याज्य । लाग्छ, सरकार विपन्न, बहिष्कृत र निमुखाहरुप्रति यति उदासीन, यति क्रूर र यति विभेदकारी सायद कहिल्यै थिएन । चीनको उहानमा लकडाउनमा लक्ड भएका विद्यार्थीहरुलाई सरकारले विमान चार्टर गरी घर फर्कायो । ठीकै गर्‍यो । तर भारतबाट घर फर्किन खोज्ने श्रमिकहरुलाई बन्दुक ताकेर महाकालीपारि रोक्यो । छन् त यी दुवैथरि नेपाली नै थिए । तर सरकारको नजरमा उहानबाट ससम्मान उद्धार गरिएका युवा महाकालीपारि अपमानपूर्वक कैद गरिएका श्रमिकभन्दा अलि बढी मूल्यवान् ठानिए ।


एकाध दिनमा थापालाई ज्वरोले च्याप्यो । न आईसी यू, न भेन्टिलेटर– अस्पतालको उपेक्षा र क्रूरताले उनको एकबारको जुनी ख्यालख्यालमै शेष भयो । बाबुराम धनकुटातिरका बगाले थापा थिएनन् । हुँदा हुन् त सायद उनको भागमा जीवन नै पर्दो हो । गोर्खे कानुनको स्रेस्तामा सबै थापा बराबरी छन् । तर सरकारी व्यवहारमा कोही थापा अरूभन्दा अलि कम बराबरी छन् । बरा मारिए त पाल्पाका कम बराबरी बाबुराम थापा !


कोरोनाको भय जब व्याप्त भयो, सरकारले आपतकालीन स्वास्थ्य–नीति ल्यायो । नीति भन्छ– सबै रोगी अस्पताल बाहिर बस, केवल कोरानाका रोगी अस्पतालभित्र पस । पैसा र पहुँच हुनेलाई अस्पतालको चोर बाटो खुला थियो । जो पैसा र पहुँचविहीन थिए, तिनका भागमा स्वास्थ्योपचार परेन, केवल काल पर्‍यो । सुन्दैमा स्तब्ध भइने उदाहरण कति छन् कति ! पाल्पाका गरिब बाबुराम थापालाई हल्का ज्वरो आयो । उनी लुम्बिनी अस्पतालको शरण परे । ज्वरो माने आतङ्ककारी कोरोना, कोरोना र कोरोना ! चल्तीको अन्धमती बुझाइ आखिर यस्तै त छ । र नै थापाको ज्वरोसामु स्वास्थ्यकर्मीहरु डरले थुरथुर भए । भाइरस सल्केर मरिन के बेर ! एकान्तवासको नाउँमा थापालाई शवगृह नजिकको कोठामा थुनियो । त्यहाँ उनको न कुनै सोधनी भयो, न पुछनी । तिर्खाले प्याकप्याक हुँदाधरी उनलाई पानी दिन कोही आएन । धन्न पत्नी रीताले उनलाई खाना ल्याइदिइन् र उनी भोकले मरेनन् । एकाध दिनमा थापालाई ज्वरोले च्याप्यो । न आईसी यू, न भेन्टिलेटर– अस्पतालको उपेक्षा र क्रूरताले उनको एकबारको जुनी ख्यालख्यालमै शेष भयो । बाबुराम धनकुटातिरका बगाले थापा थिएनन् । हुँदा हुन् त सायद उनको भागमा जीवन नै पर्दो हो । गोर्खे कानुनको स्रेस्तामा सबै थापा बराबरी छन् । तर सरकारी व्यवहारमा कोही थापा अरूभन्दा अलि कम बराबरी छन् । बरा मारिए त पाल्पाका कम बराबरी बाबुराम थापा !

वीरगञ्जका विजय साहका खुट्टामा घाउ लाग्यो । उनी वीरगञ्ज हेल्थ केयरमा गए, केयरले उनको केयर गरेन । गण्डक अस्तपाल गए, त्यसले पनि उनलाई हेर्न मानेन । आखिरमा नेसनल मेडिकल कजेलले कृपा गरी उनलाई भर्ना गर्‍यो । भोलिपल्ट जब ज्वरो आयो, डाक्टरहरुले साहलाई छुन मानेनन् । काठमाडौँ लैजाँदा बीच बाटोमै उनको जीवनका बत्ती निभ्यो । कानुनको दृष्टिमा साह र शाह समान छन् । तर शासक वर्गीय नजरमा मोटा शाह पातला साहभन्दा अलि बढी बराबर छन् । बराविचरा पातला भएर मारिन अभिशप्त विजय साह !

क्यान्सरको रोगी होस् वा क्षयरोगको, फोक्सोको होस् वा मिर्गौलाको, कोरोनाकालीन सरकारी नीतिमा यी सबका लागि अस्पताल प्रवेश निषिद्ध सरह छ । यो निर्मम निषेध, वास्तवमा जीवनको निषेध र मृत्युको उपहार हो । सैनामैनाका नारायण उपाध्याय, वीरगञ्जकी रामकुमारी गिरी र नवलपरासीकी वीरकुमारी खाम्चा मिर्गौलाका रोगी हुन् । ती नित्य डाइलसिसको सहाराले जेनतेन बाँचिरहेका छन् । जीवन जब डाउनलकमा पर्‍यो, अस्पताल जाने तिनको बाटो थुनियो । पहिले ती बसबाट जान्थे, अब एम्बुलेन्समा जानुपर्ने भो । हुनेखाने त हेलिकप्टरमै जालान्, तिनको भने एम्बुलेन्सले नै ढाड भाँच्ने भो । औकात छ दिनभरि ज्यालादारी गरेर बिहान–बेलुका खाने, खर्च छ यस्तो ! यात्रा एम्बुलेन्सको, गाँस–बास होटलको– मजबुरीका नाम महात्मा गान्धी ! सरकारछेउ पहुँच छैन, मरिहाल्न मन छैन । यिनको आक्रोश र चित्कार सुंहासनवासी शासकका कानमा परे उसले के भन्ला ? शासक बस्छ दरबारमा, चढ्छ अठाह्र–बीस करोडको गाडी, सवार हुन्छ हेलिकप्टरमा, थाप्छ एक थैलो तलब–भत्ता, कुम्ल्याउँछ अकुत कमिसन र भन्छ– यो भावनामा बग्ने बेला होइन । वाह, यस्तो पो सरकार !


वन जब डाउनलकमा पर्‍यो, अस्पताल जाने तिनको बाटो थुनियो । पहिले ती बसबाट जान्थे, अब एम्बुलेन्समा जानुपर्ने भो । हुनेखाने त हेलिकप्टरमै जालान्, तिनको भने एम्बुलेन्सले नै ढाड भाँच्ने भो । औकात छ दिनभरि ज्यालादारी गरेर बिहान–बेलुका खाने, खर्च छ यस्तो ! यात्रा एम्बुलेन्सको, गाँस–बास होटलको– मजबुरीका नाम महात्मा गान्धी ! सरकारछेउ पहुँच छैन, मरिहाल्न मन छैन । यिनको आक्रोश र चित्कार सुंहासनवासी शासकका कानमा परे उसले के भन्ला ?


घरै बसेर गरिखाऊँ, देशमा इलम छैन । देशमा छ त केवल लुब्ध शासकको अथाह शोषण र भ्रष्टाचार छ । कोरोनाको कहालीलाग्दो गाइँगुइँ सुरु भइसकेको थियो । तैपनि कञ्चनपुरकी सीता सुनारका पतिलाई आशाले डोर्‍याएर उत्तराखण्डको कालापहाड पुर्‍यायो । पुगेर ज्यालादारी काम थाल्दै मात्र के थिए, लकडाउनले उनको इलम खोस्यो । अब उतै बसूँ, काम छैन । घर आऊँ, बाटो छैन । सीताका पति लखर–लखर चार दिन हिँडेर गड्डाचौकी आइपुगे । उनलाई प्रहरीले पक्रेर सेती प्रादेशिक अस्पतालमा बुझायो । उनी क्वारेन्टाइनको प्याकिसबन्दीमा परे । जब सीताले पतिको खबर सुनिन्, डर र पीरले मूर्च्छा परेर उनी ढलिन् । कोरोनाले छोयो कि गयो ज्यान–उनले सुनिजानेको भयावह कुरा यही थियो । रुँदै र कराउँदै उनी अस्पताल पुगिन् । उनलाई बन्दी पतिसँग प्रत्यक्ष भेट्न दिएनन्, खालि अर्काको मोबाइलमा हेलो गर्न मात्र दिए । पतिले फोनमा भने– लेखान्तर भए म निस्कूँला, नभए अर्को जुनीमा भेट होला । पीर नगर्नू, केटाकेटीलाई राम्रो गर्नू ।

आज आउलान् भन्यो, छैन । भोलि आउलान् भन्यो, छैन । बाटो हेर्दाहर्दै सीताका आँखा टट्टाइसके, पति आउने होइन । उनी कल्पिन्छिन्– पतिसँग हाते फोन भए बेलाबेला हेलो गर्थें र मन बुझाउँथे ।  दु:खीको चोला, पतिसँग जाबो एउटा हाते फोन पनि छैन । देशमा ‘जनवादी’को शासन छ, जनताको हबिगत यस्तो छ । माथि ‘जनवादी’ राष्ट्रपतिको दुई अर्बको हेलिकप्टर छ,, तल गरिब र दलितसँग नाथे हजार रुपियाँको हाते फोनधरी छैन । यस्तो किन ख्वामित् भनी माथि प्रश्न गरे पुनः उत्तर आउला– देश कोरोनाको दुःखमा छ । तसर्थ यो भावनामा बग्ने बेला किमार्थ होइन ।

सबै थोकको ओखती हुन्छ,निर्लज्जताको हुँदैन !

लाग्छ, यो ‘जनवादी’ सरकार नाकअगाडि भन्केको झिँगो सिवाय केही देख्दैन । अन्तर्दृष्टि कुन चराको नाम हो ? दूरदृष्टि कुन चराको नाम हो ? यो विरलाकोटी सरकारलाई बिल्कुल थाहा छैन । लकडाउन लगाउँदा यसलाई देश– देशावरमा थुप्रो नेपाली गरिब श्रमिकहरु छन्, तिनको फिर्ती यात्रा, बास र गाँसमा ध्यान दिनुपर्छ भन्ने एक पित्को हेक्का रहेन । नतिजा के भयो ? गरिब श्रमिकहरु अथाह कष्ट र अपमान झेल्न अभिशप्त भए । सुर्खेतका मानबहादुर र बाँकेका प्रकाश शाही उत्तराखण्डमा थिए, लकडाउनमा अलपत्र परे । न गर्ने काम छ, न बस्ने ठाउँ छ, न जाने बाटो छ । ती अताल्लिए, अब गर्ने के ? आतेसको मुद्रामा दगुर्दै ती एउटा गुफामा पुगेर लुके । न खानु, न पिउनु, न सुत्नु– एकाध दिनमै गलेर ती सिद्रा भए । जब प्रहरीले पक्राउ गर्‍यो, उसले खान देला कि भनेर ती भित्रभित्रै रमाए । विदेशमा आफ्ना नागरिकको यो कन्तबिजोक देख्दा विशालकाय ‘कम्निस्ट’ सरकारलाई किञ्चित् लाज लाग्दो हो कि ? भन्न गाह्रो छ ।


सडकमा लकडाउन छ, लकडाउन रक्षक प्रहरीका हातमा कटबाँसको लाठो छ । अब बसूँ कहाँ, जाऊँ कहाँ ? ‘काठमाडौँमा भोकले मर्नुभन्दा बौलाउनु निको’ भन्दै रातिबीच लकडाउनका आँखा छलेर लागे ती कोही सिरहातिर, कोही सुनसरीतिर, कोही राजविराजतिर । असुरक्षित वातावरण, लम्बेतान बाटो, बाटामा न नास्ता न खाजा । त्यो हिँडाइ तिनका लागि अथाह कष्ट र अपमानको द्योतक हो । आखिर तिनको त्योविधि कष्ट र अपमनको स्रष्टा को हो ?


हठात् आइलागेको लकडाउनले मधेसवासी थुप्रो श्रमिकलाई उपत्यकामा अड्कायो । काम नहुँदा तिनको गाँस त चेट् भयो नै, तिनको बास पनि रहेन । डेरावालले कोरोना सल्काउला भन्ने डरले घरपति छुल्छुली मुत्न थाल्यो । र, त्यो मूत्र–प्रवाहले बगाएर तिनलाई सडकमा पुर्‍यायो । सडकमा लकडाउन छ, लकडाउन रक्षक प्रहरीका हातमा कटबाँसको लाठो छ । अब बसूँ कहाँ, जाऊँ कहाँ ? ‘काठमाडौँमा भोकले मर्नुभन्दा बौलाउनु निको’ भन्दै रातिबीच लकडाउनका आँखा छलेर लागे ती कोही सिरहातिर, कोही सुनसरीतिर, कोही राजविराजतिर । असुरक्षित वातावरण, लम्बेतान बाटो, बाटामा न नास्ता न खाजा । त्यो हिँडाइ तिनका लागि अथाह कष्ट र अपमानको द्योतक हो । आखिर तिनको त्योविधि कष्ट र अपमनको स्रष्टा को हो ? त्यो अरू कोही नभएर अतिशय विवेकशील एवं करुणामयी ‘जनवादी’ ‘कम्निस्ट’ सरकार हो ! आफ्ना दिव्य दृष्टिमा मेरा यी धृष्ट वचन परे यो सरकारका रक्षक र प्रतिरक्षकहरु के भन्दा हुन् ? कुन्नि, फेरि पनि कोरोनाकालमा भावनामा नबगूँ पो भन्दा हुन् कि ! जसका खुट्टा यथार्थ धरातलमा छैनन्, त्यसले भुइँमान्छेका मर्का बुझिदेओस् भनी चिताउनु चिताउने नाथेकै मूर्खता हो । कोरोनाले दिने कहरभन्दा हृदयहीन शासकले दिने कहर कता हो कता पीडादायी हुन्छ । आखिर देश–देशावरका हाम्रा श्रमिकजनको कटु अनुभवले कहने कुरा यही त हो ।

‘हात धोऊ, घरै बस !’ धेरथोर हुनेखानेका लागि कोरानाकालीन यो आज्ञा वा आग्रह सहज र सुखद् नै होला । तर जसको बासमा पिउने पानी र खाने अन्न छैन, उसका लागि यो आज्ञा कठोर उपहास र क्रूर ठट्टा सिवाय अरू के नै पो होला र ?


‘हात धोऊ, घरै बस !’ धेरथोर हुनेखानेका लागि कोरानाकालीन यो आज्ञा वा आग्रह सहज र सुखद् नै होला । तर जसको बासमा पिउने पानी र खाने अन्न छैन, उसका लागि यो आज्ञा कठोर उपहास र क्रूर ठट्टा सिवाय अरू के नै पो होला र ?


भोका श्रमिकहरु जब सिंहदरबार र बालुवाटार दरबारको विश्वासघातको चोटले आहत हुन्छन्, उनीहरु निरुपाय भई सान्त्वनाका लागि पशुपतिनाथको मुख ताक्छन् । यसैकारण होला सायद अचेल एक हुल भोका श्रमिक सखारै सपरिवार पशुपतिनाथको मन्दिर जान्छन् र कसैले केही खान देला कि भनी दिनभरि भौँतारिइरहन्छन् । पाए केही खान्छन्, नपाए फुस्रा ओठ लिएर सुस्केरा हाल्दै ती आफ्ना गुँडतिर फर्किन्छन् ।

बस्, लकडाउन कालमा ‘समृद्धि र सुख’ बाँड्ने उदार सरकारको अनुहार देखिने खास्साको ऐना यही हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. April 10, 2020, 11:18 a.m. बिवश
    सरकार चलाउनेहरुको सिद्धान्त एउटा ,गराई अर्को। जनता नै झुकिएछि के लाग्छ । भनिन्छ हामी जे जस्तो गर्छौ त्यसको फल पनि यही जुनिमा पाउछौ । जनताले बेलैमा राम्रो नेता नचुनेर खाली सिद्धान्तको पछि लागे भने यस्तै हुन्छ किनकी सिद्धान्त जतिसुकै राम्रो भएनि कार्यान्वयन गर्ने मान्छे corrupt भएछि कुनै देश ले बिकास गर्न सक्दैन, फलस्वरुप मजदुर र सामान्य जनता नै सबै भन्दा पिडित हुन्छन । अब त सोच बदलौ ।
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.