शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसमः मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

शुक्रबार, २८ चैत २०७६, ०६ : १२
शुक्रबार, २८ चैत २०७६

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान गरेको छ । 

महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यसैगरी, हाल देशका पश्चिमी भू–भाग तथा पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली  र बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । 

महाशाखाले शुक्रबार दिउँसोको देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक÷दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । 

यस्तै, राति देशको पश्चिमी भू–भागमा आंशिक बदली  रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। भने, पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप