कोरोनाभाइरसका संक्रमित र मृतकको संख्या कहाँ कति बढ्यो ?
चीनमा कोरोनाका ४२ नयाँ संक्रमितः
चीनमा कोरोनाभाइरसका ४२ नयाँ संक्रमित भेटिएका छन् । यीमध्ये ३८ जना अन्य देशबाट चीनमा आएका थिए । जोन हपकिन्स युनिभर्सिटीको आँकडा अनुसार चीनमा अहिलेसम्म कोरोना संक्रमणका कूल ८२ हजार ८ सय ८३ संक्रमित भेटिएका छन् । साथै ३ हजार ३ सय ३९ जनाको मृत्यु भइसकेको छ । यहाँका ७७ हजार ६ सय ७९ जना उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् ।
ब्रिटेनमा करिब ८ हजारको मृत्युः
ब्रिटेनमा कोरोना भाइरसको संक्रमणका कारण ७ हजार ९ सय ९३ जनाको मृत्यु भइसकेको छ । यहाँ अहिलेसम्म ३ सय ५९ जना उपचारपश्चात् ठिक भएका छन् । देशमा कूल ६५ हजार ८ सय ७२ कोरोना संक्रमित फेला परेका छन् ।
कोरोना संक्रमणका कारण ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसोन अस्पतालमा भर्ना छन् । अहिले उनलाई आइसीयूबाट बाहिर निकालिएको त छ तर उनी केहीदिन अस्पतालमा नै बस्ने बताइएको छ । गत आइतबार उनलाई अस्पताल भर्ना गरिएको थियो ।
भारतमा करिब ६ हजार संक्रमितः
भारतमा अहिलेसम्म कूल ५ हजार ८ सय ६५ मा कोरोना संक्रमण देखिएको छ । संक्रमणका कारण अहिलेसम्म १ सय ६९ को मृत्यु भएको छ । यहाँ अहिलेसम्म ४ सय ७८ जनाको उपचार भइसकेको छ ।
अमेरिकामा १६ हजार बढीको मृत्युः
अमेरिकामा कोरोनाभाइरसबाट कूल ४ लाख ६२ हजार १ सय ३५ व्यक्ति संक्रमित छन् । भाइरसको संक्रमणका कारण १६ हजार ५ सय १३ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पनि न्यूयोर्क सबैभन्दा बढी ग्रसित छ । यहाँ ५ हजार १ सय ५० जनाको मृत्यु भइसकेको छ ।
स्पेनमा संक्रमितको संख्या डेढ लाख माथिः
कोरोना संक्रमणले स्पेनमा १ लाख ५३ हजार २ सय २२ जनालाई ग्रस्त पारेको छ । यहाँ अहिलेसम्म १५ हजार ४ सय ४७ भन्दा बढीको मृत्यु भइसकेको छ ।
इटलीमा १८ हजार बढीको मृत्युः
एक समयमा इटलीको स्थिती असाध्यै खराब थियो र संसारभरीको सबैभन्दा धेरै संक्रमण यहाँ नै थियो । इटलीमा हालसम्म १ लाख ४३ हजार ६ सय २६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यहाँ अहिलेसम्म १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित २७ हजार ४ सय ७० जनाको उपचार पनि भइसकेको छ ।
पाकिस्तानमा ६५ जनाको मृत्युः
पाकिस्तानमा ४ हजार ४ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । यहाँ अहिलेसम्म ६५ व्यक्तिको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत गरिएको कानुनी सुधारको निजी क्षेत्रद्वारा स्वागत
-
पर्यटन बोर्डको कार्यकारी छनौट प्रक्रिया रोक्न उच्चको अल्पकालीन आदेश
-
दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
-
विपिन जोशीकाे रिहाका लागि पहल गर्ने कतारी राजाको प्रतिवद्धता