बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अछामको अस्पताललाई सहयोग

शुक्रबार, २८ चैत २०७६, ११ : १३
शुक्रबार, २८ चैत २०७६

अछाम । अछामको बयलपाटा अस्पतालको स्तरोन्नतिका साथै कोरोना भाइरसको सम्भावित जोखिमको न्यूनीकरणका लागि १ लाख ७५ हजार सहयोग जुटेको छ । 

 विदेश र नेपालमा बसोवास गर्ने विभिन्न व्यक्तित्वहरुले सो रकम आज हस्तान्तरण  गरेको अस्पतालले जनाएको छ । 

नेपाली कांग्रेस क्षेत्र नं १ अछामका  पूर्वक्षेत्रीय सभापति लक्ष्मण खड्काले ३५ हजार ३ सय ६७ रुपैयाँ सहयोग गरेका छन् । हाल उनी अमेरिकामा बस्दै आएका छन् । 

त्यसैगरी उद्योग वाणिज्य संघ अछामका अध्यक्षय महेन्द्र कडायतले २५ हजार, हेमराज खड्काले २५ हजार, प्रभु बैंक टिकापुर शाखाका म्यानेजर मोतीराज रेग्मीले १५ हजार सहयोग गरेका छन् ।

त्यसैगरी बालशिक्षा सहजकर्ता देवी ठकुल्लाले १५ हजार, स्वास्थ्य शाखा प्रमुख पुष्प बुढाले १० हजार एक सय, जनस्वास्थ्य निरीक्षक लक्ष्मणनाथ योगीले १० हजार एक सय, बुढीगंगा नगरपालिका अधिकृत कल्पना ठकुल्लाले १० हजार एक सय सहयोग गरेका छन् । 

मुक्ति जोशी साँफेबगरबाट १० हजार, गोदावरी नगरपालिका  अत्तरियाका ईन्जीनियर, पूर्ण बहादुर कंवरले ५ हजार, गंगादेवी बजगाईले ५ हजार एक सय, सुरज ढुंङ्गानाले ५ हजार, गणेश तिरुवाले ५ हजार एक सय सहयोग गरेको डा विकास गौचनले जानकारी दिए ।

अस्पतालले सहयोग गर्न चाहानेले मेगा बैँक नेपाल, खाता नं. ०३०००१००४२००१ मा रकम जम्मा गर्न सक्ने उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप