शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकद्धारा १७ स्थानीय राहत कोषमा आर्थिक सहयोग

शुक्रबार, २८ चैत २०७६, ११ : ५०
शुक्रबार, २८ चैत २०७६

सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै अक्रान्त बनेको यस घडीमा आफ्नो सहयोगको क्रमलाई जारी राखेको छ । 

जसअनुसार बैंकले १७ वटा गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत रु. ३० हजारको दरले स्थानीय तह राहत कोषमा रु. ५ लाख १० हजार सहयोग गरेको जनाएको छ । 

बैंकले  विनयी त्रिवेणी, नवलपुर, रामगोपालपुर, महोत्तरी,  आमचोक, भोजपुर, गढी, सुनसरी, रोशी, काभ्रे, मर्चवारी, रुपन्देही,  गोकुलगंगा, रामेछाप, देवघाट, तनहुँ,  मकालु, संखुवासभा, गोलन्जोर, सिन्धुली, आदर्श कोटवाल, बारा, यसोधरा, कपिलवस्तु, माधवनारायण, रौतहट, देवताल, बारा,  पुथा उत्तरगंगा, पूर्वी रुकुम,  बहुदरमाई, पर्सा र  वुढीगंगा, बाजुरा शाखामार्फत सो सहयोग गरेको हो ।  

यसअघि सिद्धार्थ बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना राहत कोषमा रु. १० लाखको दरले ७० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ । देशमा यस्ता किसिमको संकट आएको बेलामा सिद्धार्थ बैंक सदैव नेपाल सरकार तथा नेपाली जनताको साथमा रही आएको बैंकले जनाएको छ । 

बैंकले निरन्तर सहयोग प्रदान गर्दै आएको र सो सहयोगबाट आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउने विश्वास बंैकले लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप