शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आखिर कोरोनाभाइरसको विषयमा विश्व स्वास्थ्य संगठनमाथि किन रिस पोखिँदैछ ?

शुक्रबार, २८ चैत २०७६, १२ : ३५
शुक्रबार, २८ चैत २०७६

कोरोनाभाइरसको विषयमा संसारभरीका थुप्रै मानिसहरुले विश्व स्वास्थ्य संगठनमाथि रिस पोखिरहेका छन् । विशेषगरी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबारे गलत जानकारी दिएको भन्दै यसलाई दिइने रकम रोक्ने चेतावनीसमेत दिएका छन् । के ट्रम्पले भनेजस्तै विश्व स्वास्थ्य संगठनले गल्ती गरेकै हो त ? यसमा के कति सत्यता छ, त्यसबारे जानकारी लिऔं ।

३१ डिसेम्बर २०१९ः  चीनमा २७ व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । चीनले यो भाइरस व्यक्ति व्यक्तिबीच सर्ने कुनै प्रमाण नभएको बताएको थियो । कोरोनाभाइरसबारे विश्व स्वास्थ्य संगठनले दिएका गलत जानकारी यसप्रकारका छन्ः

५ जनवरी २०२०ः यो भाइरस व्यक्ति व्यक्तिबीच फैँलदैन । चीनको यात्रामा रोक लगाउन सकिँदैन ।

९ जनवरी २०२०ः यस्तो प्रकारका थुप्रै कोरोनाभाइरस जनावरमा फैलन्छ । यसले मानिसलाई केही प्रभाव पार्दैन ।

१४ जनवरी २०२०ः चीनको सुरुवाती अनुसन्धानमा पत्ता लागेअनुसार यो मानिस–मानिसबीच सर्दैन ।

२४ जनवरीः विश्व स्वास्थ्य संगठनले यो भाइरसलाई ग्लोबल हेल्थ इमर्जेन्सीको रुपमा घोषणा त गर्यो तर यात्रामा तुरुन्त प्रतिबन्ध लगाउन कुनै सिफारिस गरेन । यसको साटो विश्व स्वास्थ्य संगठनले यात्रामाथि प्रतिबन्ध लगाउनु सही नभएको निर्क्योल निकाल्यो ।

२७ जनवरीः यो भाइरस १३ देशमा फैलिसकेको थियो तर यति हुँदासम्म विश्व स्वास्थ्य संगठनले यसलाई महामारी मान्न अस्विकार गर्दै आएको थियो ।

२८ जनवरी २०२०ः हामीलाई पूर्ण विश्वास छ कि चीनले यो रोगलाई नियन्त्रण गर्नेछ ।

८, १२, २४ फेब्रुअरी २०२०ः चीनले कोरोनाभाइरस रोक्नका लागि निकै शानदार काम गरेको छ ।

१२ मार्चः डब्लूएचओले कोरोनाभाइरसलाई महामारी घोषित गर्यो तर त्यतिबेलासम्म यो संसारभरी फैलिसकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप