शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा लकडाउन उलङ्घन गरी खुलेआम आवतजावत

शुक्रबार, २८ चैत २०७६, १२ : ३८
शुक्रबार, २८ चैत २०७६

लमजुङ । कोरोना भाइरस सङ्क्रमणबाट बच्न र रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनका बेला लमजुङ– तनहुँका छिमेकी गाउँमा निर्वाधरूपमा आवतजावत गरेको पाइन्छ । शहरबजारमा लकडाउनको पूर्णरूपमा पालना भए पनि ग्रामीण भेगमा भने एक जिल्लाबाट अर्को जिल्लामा दैनिक कामकाज, किनमेल, दैनिक उपभोग्य वस्तु तथा खानेपानीका लागि  भन्दै स्थानीयवासी आवतजावत गरिरहेका छन् ।
 मानिसहरु तनहुँको रुपाकोट, मानेचौका, पुतीबजार, टुहुरे पसल, ढादफेदी, बासखर्कलगायतका ग्रामीण भेगबाट लमजुङतर्फ आउने गरेका छन् । लमजुङको पाउँदी बजार, रम्घाटार, न्यौपाने गाउँलगायतका गाउँबस्तीबाट तनहुँतर्फ जाने गरेका छन् ।

त्यस्तै, रिस्तीखोला करिडोरका लमजुङतर्फ जिता, देउराली, बगुवा, जिताबेँसी, खहरे, सोतीपसल, चर्दीबजार, दुइपिप्ले बजारलगायतका बस्तीका बासिन्दा तनुहँ जाने गर्दछन् । सोही करिडोरका तनहुँतर्फ तार्केखोला, सोतीबेँसी, साखुली, सत्रसयलगायतका गाउँबस्तीबाट लमजुङमा आवतजावत गरिरहेका छन् । विषेशगरी दुई जिल्ला जोडिएको सिमनाका बासिन्दा एक–अर्को जिल्लामा आवतजावत गरिरहेको स्थानीयवासीको भनाइ छ । सुन्दरबजार नगरपालिका–६ का वडाध्यक्ष रघु मिश्रले सामानहरु पनि ल्याउनुपर्ने भएकाले सिमानामा रोकतोक नगरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप