बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जापानका नेपालीले गुल्मीमा पठाए स्वास्थ्य सामग्री

शुक्रबार, २८ चैत २०७६, १४ : ०१
शुक्रबार, २८ चैत २०७६

गुल्मी । जापानमा रहेका प्रदशी नेपालीहरुले गुल्मीको मुसिकोटस्थित घरदेशीहरुलाई कोरोना भाईरस विरुद्धको स्वास्थ्य सामाग्री पठाएका छन् । वामी सेवा समाज जापान नामक संस्थामा आबद्ध  मुसिकोटवासीले मुसिकोट नगरपालिकाका ९ वटै वडाका लागि ३० थान पीपीई सेट, ५० वटा सेनिटाईजर र २ हजार थान माक्स पठाएका हुन् । उक्त सामग्री नगरपालिका भित्रका १३  वटा स्वास्थ्य संस्थाका लागि पठाइएको हो । जापानबाट पठाएका सामग्रीहरु समाजका स्थानीय प्रतिनिधी ज्ञानहरी सापकोटा, उज्वल खत्री, चुरामणि सापकोटा किसान सापकोटाले मेयर सोमनाथ सापकोटालाई हस्तान्तरण गरेका छन् । 

स्वास्थ्य सामाग्री बुझ्दै मेयर सापकोटाले हरेक विपद्मा वामी सेवा समाज जापानले पुराउँदै आएको योगदानलाई नगरपालिकाले उच्च सम्मान गर्ने बताए । जापानबाट त्यस समाजका अध्यक्ष कृष्णप्रसाद सापकोटाले विपद्को बेला स्वास्थ्य सामग्रीको अभाव खड्किन नदिन थोरै भए पनि सहयोग पठाईएको जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप