शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायी महासंघले पठायो सातै प्रदेश सरकारलाई सहयोग

शुक्रबार, २८ चैत २०७६, १४ : ०५
शुक्रबार, २८ चैत २०७६

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सातै प्रदेश सरकारलाई कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि १३ लाखका दरले ९१ लाख सहयोग गरेको छ। सबै निर्माण व्यवसायीहरूको निर्माण कार्यको बिलबाट  कट्टा गरि जम्मा भएको निर्माण व्यवसाय विकास परिषद् अन्तर्गत रहेको निर्माण व्यवसायी कोषबाट खर्च हुने गरि कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारहरुलाई उक्त रकम सहयोगगरेको महासंघका महासचिव रोशन दाहालले बताए । उनले शुक्रबार विज्ञप्ती जारी गर्दै सहयोग रकम महासंघ अन्तर्गतका प्रदेश निर्माण व्यवसायी महासंघको अनुरोध र समन्वयमा भएको जानकारी गराएका छन् ।

यसअघि पनि महासंघले कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्र सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो । यसरी दुई पटक गरि महासंघले  कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १ करोड ९१ लाख रूपैयाँ सहयोग गरेको जानकारी गराएको छ ।

महासंघ अन्तर्गतका प्रदेश महासंघ, जिल्ला संघ, वस्तुगत संघ र एशोसिएट निर्माण व्यवसायी  फर्म कम्पनी सदस्यहरूलाई देशभर आ–आफ्नो ठाउँबाट स्वास्थ्य सुरक्षा अपनाई कोरोना भाईरसबाट पीडितलाई राहत र यसको  रोकथामको लागि सक्दो सहयोग गर्न  समेत महासंघले अनुरोध गरेको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप