शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा ‘ब्रेन हेमरेज’ को शल्यक्रिया

शुक्रबार, २८ चैत २०७६, १४ : १२
शुक्रबार, २८ चैत २०७६

जुम्ला ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा जटिल प्रकारको ब्रेन हेमोरेजको सफल शल्यक्रिया भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पछिल्ला समयमा निकै कठिन भनिएको  दिमागको रक्तनलीमा रगत जमेको (ब्रेन हेमोरेज) कोे शगर्न फल भएको हो । प्रतिष्ठानका न्यूरो सर्जन तथा सह–प्रध्यापक डा. निलम खड्का नेतृत्वको चिकित्सक टोलीले हिमा गाउँपालिका १ जुम्ला निवासी ६५ बर्षिय धनबहादुर रावतको शल्यक्रिया गरेको प्रतिष्ठानले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा डा. खड्काले कठिन मानिने सो शल्यक्रिया जुम्लामै सम्भव भएको र बिरामीको खर्चमा निकै कम भएकोमा खुशी व्यक्ति गरे । प्रतिष्ठानका विशेषज्ञ डा. खड्काको साथमा डा. सूर्यमान लिम्बु, डा.निराजन महासेठ र डा.हरिहर देवकोटाले साथ दिएका थिए ।

चिकित्सकहरुका अनुसार अत्याधिक रक्तचाप भएर रक्तनली फुटेपछि ब्रेन हेमोरज हुन्छ । शल्यक्रिया गरेर सफल बनाएकोमा कर्णाली प्रतिष्ठानको टोली अब्बल ठानिएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिए । डा.निलम खड्कासहित अहिले प्रतिष्ठानमा ३२ जना विशेषज्ञ र २६ मेडिकल डार्ईरेक्टर कार्यरत छन् । निकै ठूला शल्यक्रियाहरु मध्यमा अझै यो ठूलो सफलता भएकोमा स्थानीय पनि खुशी हुदै गएका छन् । एकातिर कोरोनाको रोगथाममा लडाई गरिरहेका प्रतिष्ठानका विशेषज्ञ डाक्टरहरुले अन्य उपचारमा पनि जोड दिँदै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप