शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु बैंकद्वारा अछाममा औषधि तथा खाद्य सामाग्री वितरण

शुक्रबार, २८ चैत २०७६, १४ : १७
शुक्रबार, २८ चैत २०७६

अछाम– कोरोनाभाइरसको सबैभन्दा जोगिम मानिएको क्षेत्र सुदुरपश्चिमको अछाममा प्रभु बैंकले राहत सामाग्री बितरण गरेको छ । 

अछाममा औषधि तथा खाद्य समाग्री कै अभाव भएका समाचार आएपछि समाजिक उत्तरदायीत्वअन्तर्गत अछाम जिल्लामा औषधि तथा राहात समाग्री वितरण गरेको प्रभु बैंक अछामका गणेश भण्डारीले बताए । 

अछामबाट ठुलो संख्यामा रोजगारीका लागी भारत गएकाहरु फक्रिएसँगै त्यहाँ संक्रमण बढ्न सक्ने अनुमान गरिए पनि अहिले सम्म प्रयाप्त औषधि, चिकित्सकका साथै आवश्यक खाद्य सामाग्री पुग्न सकेको छैन ।

हि सन्दर्भमा बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक जिल्लामा राहत तथा आवश्यक सहयोग गरेको छ । 

सुदुरपश्चिम क्षेत्र तथा विशेष गरी अछाममा दुईदिन अघि मात्रै नेपाली सेनाले संक्रमणको आशंकामा तीन सय भन्दा बढी मानिसको नमुना संकलन गरेको थियो । 

प्रभु बैंक अछामको दुररगम कमलबाजारमा बैंकिङ्ग सेवा दिने एक मात्र बैंक हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप