शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउन उल्लघंन गर्नेलाई १०० देखि १ हजारसम्म जरिवाना

शुक्रबार, २८ चैत २०७६, १५ : ५६
शुक्रबार, २८ चैत २०७६

काठमाडौँ । चन्द्रागिरी नगरपालिका क्षेत्रभित्र लकडाउन उलङ्घन गर्नेहरूलाई ठाउँको ठाउँ जरिवाना लगाइने भएको छ । चन्द्रागिरीलामा कोरोना संक्रमणवाट नागरिहरूलाई सुरक्षित बनाउन नगरपालिकाले सो निर्णय गरेको हो ।

चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले  संक्रमण हुने जोखिम न्यूनिकरणको लागि घरभित्रै बस्नुको विकल्प नरहेको बताउँदै जथाभावी अनावश्यक हिँड्डुल हुन थालेपछि नगरपालिकाको आर्थिक ऐन २०७६ अन्तर्गत कारबाही गरिने बताए ।

शुक्रबार बिहानवाट सुरू गरिएको कारबाहीमा ५२ जनालाई जरिवाननका साथै दुई घण्टा उभ्याउनुका साथै थानकोट प्रहरीले संक्रमण सम्बन्धि सचेत समेत गराएको प्रमुख गिरीले बताए । 

दुई पटक भन्दा बढि नियम उलङ्घन गरेमा दोब्बर दस्तुरसहित कारबाही हुने नगरपालिका प्रमुख गिरीको भनाइ छ  ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले चन्द्रागिरी नगरपालिकामा केही व्यक्तिहरू अझैपनि अनावश्यक रूपमा हिँड्डुल गर्ने, भित्रि एरियाहरूमा लुकिछिपि मदिरा तथा चिया पसलहरू खोल्ने गरेको पाइएकाले कारबाही सुरु गरिएको बताए । 

उनले भने, ‘त्यसको नियन्त्रण गरी लकडाउनको पूर्ण पालना गरी संक्रमणबाट सुरक्षित बनाउन प्रहरी कडा रूपमा परिचालित समेत भएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप