शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

शुक्रबार, २८ चैत २०७६, १५ : ५८
शुक्रबार, २८ चैत २०७६

गुल्मी । गुल्मीमा बाबुको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका २ पालुखामा ४६ वर्षीय टेक बहादुर कुमाललाई ढुङगाले हानी हत्या गरेको अभियोगमा २५ वर्षीय अर्जुन कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

अर्जुनले बुबालाई ढुङगाले हानी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी हस्तीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । घटानका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप