शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ : न्यूयोर्क सहर एक्लैले सबै देशहरुलाई उछिन्यो

शुक्रबार, २८ चैत २०७६, १८ : ००
शुक्रबार, २८ चैत २०७६

अमेरिकामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ६८६ पुगेको छ । यसमध्ये आधा न्यूयोर्क सहरका रहेका छन् । त्यस्तै, देशमा ४ लाख ६६ हजार २९९ जना कूल संक्रमित रहेको मध्ये १ लाख ६२ हजार न्युयोर्कमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

अहिले न्युयोर्क सहर एक्लैमा विश्वका अन्य कुनै देशभन्दा बढी संक्रमित रहेका छन् । अमेरिकापछि स्पेनमा १ लाख ५७ हजार संक्रमित रहेका छन् भने इटालीमा १ लाख ४३ हजार संक्रमित रहेका छन् । महामारी पहिलो पटक देखिएको चीनमा यो संख्या ८२ हजार रहेको छ ।

अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको चरमविन्दु आइतबारसम्म पुग्ने अनुमान गरिएको छ । सामाजिक दुरीको नीति मे महिनासम्म जारी राखेको खण्डमा अमेरिकामा अगस्त महिनासम्ममा ६० हजार ४१५ जनाले ज्यान गुमाउने अनुमान गरिएको छ । यसअघि यो संख्या ८२ हजार पुग्ने प्रक्षेपण गरिएको थियो ।

अहिले सबै राज्यहरु कोरोनाभाइरस संक्रमण चरम विन्दुमा पुग्ने अपेक्षाका साथ तयारीमा छन् । तर, विज्ञहरु सामाजिक दुरीको उपायले सकारात्मक परीणाम दिइरहेको बताएका छन् ।

स्रोतः सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप