लक डाउनको १८ औं दिनः राजधानीका सडक सुनसान
काठमाडौं । लक डाउनको १८ औं दिन शुक्रबार पनि राजधानीका सडकहरु सुनसान देखिएका छन् । चैत ११ गतेबाट सुरु भएको लक डाउनको कारण राजधानीका सडक सुनसान छन् । अत्यावश्यक सवारी, मालबाहक सवारी बाहेक अन्य चलेका छैनन् । रिङरोडमा अत्यावश्यक सेवा र सामग्री बोकेका गाडी र पासबाहक सवारी मात्र चलेका छन् । ठाउँठाउँमा प्रहरीले चेकिङमा कडाई गरेको छ ।
नेपालमा दोस्रो कोरोना संक्रमित देखिएपछि चैत १८ गतेसम्मका लागि पहिलो पटक लक डाउन घोषणा गरिएको थियो । सो अवधिमा अरु व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएपछि सरकारले लक डाउन थप गरेको छ ।
सरकारले दोस्रोपटक २५ गतेसम्मका लागि समय थप गरेको थियो । संक्रमितको संख्या बढ्दै गएपछि सरकारले तेस्रोपटक गत सोमबार बैशाख ३ गतेसम्म लक डाउनको अवधि थपेको छ । सरकारले अन्तर्राष्ट्रिय सीमानाका र हवाई उडान समेत बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ । एकजना उपचारपछि निको घर घर फर्किएका छन् भने ८ जनाको उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा