शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जब विपन्नलाई कुहिएको चामल बाँडियो...

शुक्रबार, २८ चैत २०७६, १९ : ५३
शुक्रबार, २८ चैत २०७६

बुटवल । नवलपरासीको रामग्रम नगरपालिकाले विपन्न परिवारलाई वितरण गरेको राहत सामग्री गुणस्तरहिन   र  निर्धारित तौल भन्दा  कम भेटिएको छ । राहत सामग्री गुणस्तरहिन  र तौल  कम भएपछि स्थानीयले नगरपालिकामा लगेर फालिदिएका छन् ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी वाशुदेव दाहलले गुणस्तरहिन खाद्यन्न र कम तौल भएको उपभोक्तहरुबाट गुनासो आएपछि आजै उपभोक्ताले नगरपालिकामा फिर्ता गरेको खाद्यन्न बुझ्नको लागि अन्य सरोकारवाला सहितको टोली त्यसतर्फ पठाएको जानकारी दिए ।

 वडा नम्वर ११ मा विपन्नलाई वितरण गरिएको राहत सामग्री अधिकांशले नगरपालिकामा फिर्ता गरेको उपमेयर रम्भा कुँवरले बताइन्  । उनले भनिन्, ‘अस्ति विपद् ब्यवस्थापन समितिको बैठक बस्यो । दैनिक गरि खानेहरुलाई राहत वितरण गरौं भनेर  निर्णय गरियो ।

त्यसपछि हाम्रो काम सकियो  ।  मेयर साव र प्रमुख प्रशासकिय अधिकृत खरिद गर्न जानु भयो । उहाँहरुले १० किलो चामलको पोका पार्नु भएको थियो । मैले हेर्दा चामल कालो थियो । ढुङ्घा पनि थिए । त्यस पछि मैले मेयर साव र प्रमुख प्रशासकिय अधिकृतलाई यस्तो बिग्रेको चामल वितरण गर्दा जनभावनामा चोट पर्छ भनेकी हुँ तर मान्नु भएन। ’

 उपमेयर कुँवरले थपिन्, ‘उहाँहरुले होईन म्याडम बिग्रेको छैन् ।  ४० रुपैयाँप्रति किलो पर्ने मनसुली चामल हो भनेर मान्नु भएन अहिले वितरण गरिएको सबैले चामले फालेर जताततै हल्ला चलेको छ ।’

 रामग्राम नगरपालिकाले वितरण गरेको चामल र सोयाबिन गुणस्तहिन  भएको नवम्वर ११ का ओमप्रकाश  मुसहरले  बताए ।

कोरना संक्रमणपछि भएको लक डाउनमा बिपन्न्न परिवरलाई नगरपालिकाले बितरण गर्न खरिद गरेको चामल  रामग्राम नगरपालिका ६ मा रहेको राजेश राईस मिलबाट ४० रुपैया किलोको दरमा खरिद गरेको थियो ।

सोयाबिन र अन्य सामान भने भैरहवाबाट खरिद गरिएको नगरपालिकाका कर्मचारीले बताए । रामग्राम नगरपालिकाले वितरण गरेको सबै वडाको राहत अहिले नगरपालिकामा फिर्ता गरिएको छ । रामग्राम नगरपालिकाले नगरका २ हजार ३ सय जना बिपन्न परिवारलाई वितरण गर्ने गरि प्रत्येक वडामा राहत सामग्री पठाएको थियो ।

पठाएको राहत सामग्री गुणस्तरहिन भएको गुनासो आएपछि कतिपय बडामा राहत वितरण विहिवार नै बन्द गरिएको थियो । नगरपालिकले पठाएको १० किलो चामलमा आधा किलोदेखि १ किलोसम्म कम रहेको  उपमेयर कुँवरको भनाइ छ ।

सोना मनसुली चामल भनेर खरिद गरिएको चामल गोल्डेन मोटा चामल रहेको छ । रामग्रम नगरपालिकाले विपन्न परिवारलाई वितरण गरेको राहात सामाग्री गुणस्तरहिन  र तौल कम भेटीए पछि नगरप्रमुख नगेन्द्र गुप्ताले आफुले नै त्यसको  नैतिक जिम्मेवारी लिने सञ्चाकर्मीहरुसँग बताए ।

यसबारे बुझ्न  जिल्ला प्रशासनले प्रसासकिय अधिकृत सागर गौतमको अध्यक्षतामा समिति गठन गरेको छ । समितिले चामल र सोयाबिनको  गुणस्तर मापन गर्न   लिएर गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप