कोरोनाभाइरसको एन्टीबडी परीक्षण चाँडै उपलब्ध हुने अमेरिकी विशेषज्ञको दावी
अमेरिकाका संक्रामक रोगसम्बन्धी शीर्ष विशेषज्ञ एन्थोनी फौसीले कोरोनाभाइरस संक्रमणको ‘एन्टीबडी’ परीक्षण चाँडै उपलब्ध हुने बताएका छन् ।
अमेरिकी समाचार च्यानल सीएनएनसँग कुरा गर्दै उनले भने, ‘एक या दुई सातासम्ममा हामीसँग ठूलो संख्यामा परीक्षण उपलब्ध हुनेछ ।’
नेशनल इन्स्टिच्यूट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशकसमेत रहेका फौसीले हाल भने कोरोनाभाइरसको संक्रमण र एन्टीबडी परीक्षण समानान्तर रुपमा जारी रहने बताए ।
अमेरिकीहरुले प्रतिरक्षाको प्रमाणपत्र लिने सम्भावना प्रवल तुल्याउने क्रममा कोरोनाभाइरसको एन्टीबडीका लागि सकारात्मक परीक्षण गरेको उनको भनाइ थियो ।
उनले कहिलेसम्ममा अमेरिकामा व्यवसायहरु निर्वाध सञ्चालन हुने तथा कोरोना संक्रमणका कारण लगाइएका प्रतिबन्धहरु खुकुलो पार्ने भन्ने प्रष्ट भनेनन् । उनले यतिमात्र भने, ‘भाइरसको अवस्थाले नै यी सब कुराहरु निर्धारण हुनेछन् ।’
उनले स्पष्ट रुपमा दृढताका साथ सही दिशामा उन्मुख भएको हेर्न आफूले चाहेको पनि बताए । उनले अमेरिकीहरुलाई ‘इस्टर’ पर्वमा सावधानी अपनाउन पनि आग्रह गरेका छन् । उनले सामाजिक दूरी कायम राख्नुपर्ने आवश्यकता पनि औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए
-
गण्डकी कार्यव्यवस्था परामर्श समितिकाे बैठक सुरु
-
गुलसनले नै लिए यूएईको तेस्रो विकेट
-
रूसी सेनामा रहेका नेपालीका परिवारद्वारा धर्ना सुरु (तस्बिरहरु)
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : झलनाथ खनाल
-
नेपालमा सांस्कृतिक कूटनीति : जनसम्पर्क बढाउन महोत्सव र मेला