जनकपुरमा विपन्न परिवारलाई भोजन र राहत
जनकपुर । धनुषामा लकडाउनका कारण समस्या खेपिरहेका गरिब, विपन्न, मजदुर लगायतलाई स्थानीयस्तरमै केहि समूहले विभिन्न ठाउँमा भोजन गराइरहेको पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका लगायतका स्थानमा त्यस्ता भोजन कार्यक्रम सञ्चालन भैरहेका छ । सोही क्रममा जनकपुरधाम वडा नम्बर १ मा दैनिक ज्याला–मजदुरी गरेर जिविका चलाउँदै आइरहेका परिवारजनलाई स्थानीयस्तरमै भोजनको व्यवस्था गरिएको वडाध्यक्ष सत्रुधन साहले बताए ।
साहले आफ्नै अगुवाई भोजनको व्यवस्था दैनिक रुपमा गर्दै आइरहेका छन् । राहतको नाममा चामल दाल दिनुभन्दा बिहान बेलुका भोजन उपलब्ध गराउनु उचित लागेर व्यक्तिगत अगुवाईमा यस्तो कदम उठाएको वडाध्यक्ष साहले बताए । उनले भने ‘शुरुमा एक्लै यसका लागि पहल गरेँ, अहिले आएर विभिन्न दाताहरुले समेत मेरो यस कार्यमा सहयोग गरिरहेका छन् ।’
वडामै भोजनको व्यवस्था भएपछि दैनिक लगभग १ हजार व्यक्ति यहाँ आएर बिहान बेलुका खाने गरेका छन् । त्यस्तै, होटेल व्यवसायी प्रकाश मिश्रले पनि रामानन्द चोकमा गरिब तथा विपन्न वर्गका परिवारलाई राहतस्वरुप भोजन तथा खाद्यान्न सामग्रीहरु उपलब्ध गराउदैँ आएका छन् । उनले करिब ५ सय परिवारलाई चामल, दाल लगायतका खाद्यान्न सामग्रीहरु उपलब्ध गराएका छन् । त्यस्तै एनएमबी बैंक जनकपुरको सहयोगमा जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडामा दर्जनौँ परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको छ ।
जनकपुरधाम वडा नम्बर २, वडा नम्बर ४, वडा नम्बर १६, वडा नम्बर १९, वडा नम्बर २४, वडा नम्बर २५ का कूल ९१ परिवारलाई राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरिएको हो । उक्त राहतमा चामल, दाल, आलु, प्याज, सोयाविन तेल, नून लगायतका सामग्री वितरण गरेको एनएमबी बैंक प्रदेश नम्बर २ का निक्षेप प्रबन्धक मिथिलेश झाले जानकारी दिए । राहत धनुषा चेम्बर्स अफ कमर्सका सरोजकुमार मिश्रको समन्वय र सहकार्यमा वितरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद