बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतको पन्जाबमा लकडाउन खुकुलो पारिने

शुक्रबार, २८ चैत २०७६, २३ : २८
शुक्रबार, २८ चैत २०७६

एजेन्सी । भारतको पन्जाब राज्यमा बन्दाबन्दी (लकडाउन) लम्बिएपनि कृषकहरुका लागि भने खुकुलो पारिने भएको छ । पन्जाबका मुख्यमन्त्री अमरिंदर सिंहले भारत सरकारले घोषणा गरेको देशव्यापी बन्दाबन्दीले निरन्तरता पाउन सक्ने र कृषकका लागि भने खुकुलो पारिने बताएका हुन् ।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भारतमा यही अप्रिल १४ तारिखसम्मका लागि २१ दिने देशव्यापी बन्दाबन्दी लागु गरिएको छ ।   केन्द्रीय सरकारले बन्दाबन्दी लम्ब्याउने निर्णय गरेमा लकडाउनलाई कायमै राख्दै कृषकहरुलाई भने कृषि कामका लागि आवत जावत गर्न सजिलो बनाइने उनले बताए ।

भिडियोमार्फत् शुक्रबार राज्य सरकारको निर्णयहरु पत्रकारलाई जानकारी गराउने क्रममा उनले कृषकहरुलाई आफ्नो जिल्ला भित्र मात्रै आवत जावत गर्न सकिने व्यवस्था गर्न लागिएको उल्लेख गरे । कृषकहरुले अहिले विभिन्न खाद्य पदार्थ स्याहार गर्ने तथा लगाउने बेला भएकाले यस्तो व्यवस्था गर्न लागिएको मुख्यमन्त्री सिंहले स्पष्ट पारे ।

उनीहरुलाई आवत जावतमा खुकुलो पारिएपनि कोरोना भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने आधारभूत स्वास्थ्य सतर्कता तथा सुरक्षाका उपायहरु भने अबलम्बन अनिवार्य गरिने उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप