सर्वोच्च अदालतद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं । सर्वोच्च अदालतले देशमा उत्पादकत्वको अवस्था बिग्रन नदिई उत्पादकत्व बढाउने उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले बिहीबार कोभिड–१९ को सङ्क्रमणको कारणबाट असहज परिस्थिति देखा परेको हुँदा यस्तो अवस्थामा उत्पादकत्व बढाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा लगानी गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
आदेशमा भनिएको छ, ‘सरकारका सम्बद्ध निकायको तत्काल गम्भीर ध्यानाकर्षण हुनुपर्छ र जनताको अधिकतम हित, शिक्षाको अवसर वा जनस्वास्थ्यको प्रत्याभूति, उत्पादकत्वमा वृद्धि गर्नेसहित आमसञ्चार क्षेत्रको संरक्षणका लागि आवश्यक प्रवद्र्धनकारी कार्यक्रम सञ्चालन गरिनुपर्छ ।’
अधिवक्ता अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले राज्यको उत्पादकत्व बढाउन बैंकको ऋण मिनाहा गर्न कृषि क्षेत्रलाई ध्यान र विद्यार्थीलाई अनलाइन पढाइको आदेश दिन माग गरी रिट निवेदन दायर गरेका थिए । सरकारी विज्ञापन समानरुपमा सञ्चारमाध्यमलाई वितरण गर्न मिल्ने हो वा होइन भन्नेबारेमा लिखितरुपमा खुलाई बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत पेश गर्न आदेशमा भनिएको छ ।
विद्यालय हाल बन्द भएका कारण बच्चालाई घरमा नै बसेर अनलाइन पढ्ने व्यवस्था गराउनका लागि सरकारलाई आदेश दिन रिट निवेदनमा माग गरिएको थियो । रिट निवेदनमा भविष्यमा खाद्यान्नको बीउविजनको अभाव हुने देखिएकाले त्यसलाई बचाउनका लागि उचित कार्यक्रम ल्याउनको लागि सरकारका सम्बन्धित निकायलाई आदेशको माग गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'